मंगलबार, कार्तिक २, २०७८

ओलीपछि देउवाको मनोरञ्जन

श्रीकृष्ण अनिरुद्ध गौतम  |  काठमाडौं, सोमबार, भदौ २१, २०७८

श्रीकृष्ण अनिरुद्ध गौतम

श्रीकृष्ण अनिरुद्ध गौतम

सोमबार, भदौ २१, २०७८, काठमाडौं

नेपाल समय

यी हरफ लेखिरहँदाको अवस्थासम्म पुनःस्थापित प्रतिनिधिसभाबाट प्रधानमन्त्री पदमा अनुमोदित शेरबहादुर देउवाले आफ्नो मन्त्रिपरिषद्लाई पूर्ण आकार दिएका छैनन्। प्रधानमन्त्री बन्नु मानौं मनोरञ्जनजस्तो भएको छ। प्रधानमन्त्री हुँदा हिजो खड्गप्रसाद शर्मा ओली पदमाथि मनोरञ्जन गरिगरी गए। देउवा फरक ढंगले तर प्रकारान्तरमा मनोरञ्जन नै गरिरहेका छन्। सरकारलाई पूर्णता दिनमा भन्दा बरु उनको ध्यान ‘चर्चित’ एमसीसी अनुमोदनतर्फ केन्द्रित छ। हुन त उनी प्रधानमन्त्री भएकै संसद्बाट एमसीसी अनुमोदन गराउनका लागि हो भन्ने विषय व्यापक चर्चामा छ।  

यसपाला प्रतिनिधिसभाको दोस्रो विघटन सर्वोच्च अदालतबाट बदर भएपछि देउवा आदालतकै निर्देशमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। हुन त प्रकटमा उनी प्रधानमन्त्री आफ्ना इच्छाले नभएर माधवकुमार नेपाल, पुष्पकमल दाहाल, उपेन्द्र यादव र कांग्रेसकै रामचन्द्र पौडेलका करबलले बनेका हुन्। देखिँदा यस्तो देखिए पनि नदेखिएको पनि छ। त्यसैले आफ्नै पार्टी र अरु पार्टीका प्रभावशाली नेता समर्थित देउवा किन मन्त्रिपरिषद् विस्तार गरिरहेका छैनन्। प्रश्न त उठ्छ। किनभने विस्तार नगरेको कुरा नमिलेर मात्र होइन। यसको रहस्य अर्कै छ। रहस्य अन्तर्राष्ट्रिय छ। 

यो दृश्य देखेर निश्चय नै ओलीलाई रमाइलो लागिरहेको हुनुपर्छ। उनलाई देउवाको गिल्ला गर्ने विषय मिलेको छ। अर्काको गिल्ला र खिसी गर्न त उनी माहिरै छन्। जबकि उनी आफैं भने जनताले बहुमत दिँदादिँदै पूर्ण अवधि सरकार चलाउन नसकेका असफल प्रधानमन्त्री हुन्। पार्टी एकजुट राख्न नसक्ने नालायक नेता हुन्। वास्तवमा उनी नालायक त २०७४ सालको निर्वाचनमा पुष्पकमल दाहालसँग गठबन्धन गर्दा नै सिद्ध भइसकेका थिए। दाहालसित जोडिने जो कसैको परिणति परन्तुमा नालायकी नै हो। यही प्रसंंग देउवामा पनि प्रयुक्त हुन्छ, झन् बढी। 

नेपालले यसपाला प्रधानमन्त्री बन्न अनिच्छुक देखिएका देउवालाई घिसारेर त्यतिकै प्रधानमन्त्रीका कुर्सीमा बसाएका होइनन्। वास्तवमा ओलीले अविश्रान्त रूपमा गरेको अपमानका तुलनामा देउवाको अकुशल साथ र शासनलाई उनले सह्य ठानेका हुन्।

नगर्नुपर्थ्यो  तर दाहालसित गठबन्धन नै गरिसकेपछि येनकेन प्रकारेण ओलीले उनलाई पाँच वर्ष सहनैपर्थ्यो, धरधरी रुँदै भए पनि। देउवातिर लहस्याउनै हुन्नथ्यो। किनभने नयाँ संविधानअन्तर्गत भएको चुनावले दिएको पहिलो सरकारले एक संसदीय अवधिभर काम गरिदिएको भए त्यसको अर्थै अलग्गै हुन्थ्यो र त्यो सकारात्मक हुन्थ्यो। तर ओली दोस्रो पटक प्रधानमन्त्री बनेदेखि नै आफ्नै पक्षमा बारम्बार सकारात्मक कम नकारात्मक प्रभाव विस्तार गर्न सक्षम रहे। 

त्यसैले ओलीले देउवाको अकुशलतालाई लिएर रमाइलो मान्नुको कुनै औचित्य छैन किनभने छँदाछँदैको आफ्नो दुई तिहाइ बहुमत मासेर उनले देउवाले चिताउँदै–नचिताएको सत्ता समर्पण गरेका हुन्। माधवकुमार नेपाल सदृशः ओलीका सहयात्री साँच्चै भन्नुपर्दा, पुष्पकमल दाहालजस्तो अस्थिर (मर्क्युरियल) मनस्थितिसँग भविष्य गाँस्न साना पिरले पक्कै पुगेका होइनन्। नेपालले यसपाला प्रधानमन्त्री बन्न अनिच्छुक देखिएका देउवालाई घिसारेर त्यतिकै प्रधानमन्त्रीका कुर्सीमा बसाएका होइनन्। वास्तवमा ओलीले अविश्रान्त रूपमा गरेको अपमानका तुलनामा देउवाको अकुशल साथ र शासनलाई उनले सह्य ठानेका हुन्। तर यसमा यथार्थमा माधव नेपाल पनि निमित्त मात्र हुन्। रहस्य अर्कै छ। 

यस्तो पनि हुन्छ कहिलेकाहीं आफ्नाले अति नै दुखाए भने मान्छे प्रतिद्वन्द्वीका काखमा गएर बसिदिन्छ, कसैको खेलको गोटी बनिदिन्छ। माधव नेपालको अवस्था अहिले त्यस्तै छ। ओलीलाई छोडेर उनी देउवाको काखको न्यानोमा आफ्नो सुखद भविष्य देखेर गएका होइनन्। आजका माधव नेपालको मनस्थितिसित मिल्ने हिन्दीमा एउटा कथन छ, ‘बार बार मरने से तो अच्छा है एक ही बार मर जाओ।’ विचरा माधव नेपाललाई त्यही भएको हो। 

आफैं विचार गर्नुहोस्, पार्टी नै ओलीलाई जिम्मा लगाएर अर्को पार्टी बनाएका नेपाललाई अझै सुबिस्ता छैन। गाली गर्न पाइने भएपछि ओली ज्वरोले आलसतालस भएको अवस्थामा पनि माइक समाउन पुग्छन्। सपनैमा बर्बराउँदै उठ्न सक्छन्। ओली मौका पायो कि माधव नेपाललाई लक्षित गरेर व्यंग्यवाण प्रहार गरिरहेका हुन्छन्। कुनै मौका छोड्दैनन्। व्यंग्य उनी दाहाल, नेपालमाथि मात्र होइन देउवामाथि पनि गरिरहेका छन् र उनको यो तिक्त व्यवहारले जनस्तरमा राजनीतिक नेतालाई हेर्ने नाकारात्मक भाव अरू सघन र तीव्र भएको छ। 

यथार्थमा ओली अरुमाथि व्यंग्य गरेर आफ्नै मजाक उडाइरहेका छन्। राजनीतिक नेतृत्वलाई अरु बदनाम गराइरहेका छन्। आफ्नै व्यवहारले सरकार ढालेर २०७४ सालको निर्वाचनमा जनताले शासनको जिम्मा नदिएको कांग्रेसलाई साढे तीन वर्षमै सत्तामा पुग्न मार्गप्रशस्त गर्ने ओली आफैं हुन्। यसबाट ओलीले आफ्नो पार्टी त ध्वस्त पारे नै, परन्तुमा कांग्रेसको पनि भलो गरेका छैनन्। जनताले सत्ताबाट बाहेक गरेर कांग्रेसलाई आफैंमाथि पुनर्निरीक्षण गर्नुपर्ने स्वर्णिम अवसर प्रदान गरेका थिए। 

२०७४ को चुनाव परिणामले दिएको सन्देश प्रस्ट थियो। जनताले कांग्रेसका प्राचीन पात्रहरुलाई संग्रहालयमा सुरक्षित राखेर नवीन र ऊर्जाशीलका हातमा पार्टीको बागडोर थमाउने अवसर दिएका थिए। तर देउवालाई प्रधानमन्त्री बनाएर पार्टीमा पनि वर्चस्व कायमै राख्ने मौका दिइयो र यो मौका दिनेमा, माथि पनि भनियो, सर्वप्रथम त ओली नै हुन्। कांग्रेसको केन्द्रीय सभापतिका दावेदार स्वयं रामचन्द्र पौडेलसमेत हुन्। फलस्वरूप यसले दलको नेतृत्वमा हुनुपर्ने वाञ्छित परिवर्तनमा बाधा उत्पन्न भएको छ। यसरी देउवालाई उक्लिन भर्‍याङ लगाइदिनेमा देशका एकसेएक दिग्गज भनिनेहरु नै छन्। 

वर्षैपिच्छे अद्यावधिक गर्नुपर्ने क्रियाशील सदस्यता अन्तिम अवस्थासम्म पनि अद्यावधिक नगरिएकाले यत्रतत्र अन्योल छ। महाधिवेशन भइरहेको हो कि होइन भन्नेमा कांग्रेसजन नै प्रस्ट छैनन् र यही दुर्दशाका बीच जेनतेन मंसिरसम्ममा महाधिवेशनको औपचारिकता पूरा होस् भनेर प्रार्थना गर्न कांग्रेसजन बाध्य छन्। 

जबकि देउवा कांग्रेस सभापति भएपछि भएको स्थानीय निर्वाचनमा उनले कांग्रेसको आत्मैमा प्रहार हुने गरी दाहालको कम्युनिस्ट पार्टीलाई भोट मागेका थिए। फलस्वरूप कांग्रेसले स्थानीय तहमा बनाउनुपर्ने ग्राउन्ड बनाउन सकेन। त्यसको खामियाजा कांग्रेसले प्रदेश र केन्द्रको निर्वाचनमा नराम्ररी बेहोर्नुपर्‍यो। तर विडम्बना हेर्नुहोस्, उनै देउवा पाँचौं पटक देशका प्रधानमन्त्री बनेका र फेरि एक पटक कांग्रेसको केन्द्रीय सभापति बन्ने प्रयत्न गरिरहेका मात्र होेइन, लाजै नमानी उनैलाई कुशल नेता भन्नेहरु पनि छन्। 

जबकि चार वर्षको अवधिमा पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्नेमा, चार वर्ष त परै एक वर्ष अरू म्याद थप्दा पनि देउवाले महाधिवेशन गर्ने तत्परता देखाएनन्। अझ संविधानले ज्यादै संकटापन्न अवस्थाका लागि दिएको थप ६ महिनाभित्र समेत नगराएर वडादेखिका अधिवेशन तन्काइएका छन्। वर्षैपिच्छे अद्यावधिक गर्नुपर्ने क्रियाशील सदस्यता अन्तिम अवस्थासम्म पनि अद्यावधिक नगरिएकाले यत्रतत्र अन्योल छ। महाधिवेशन भइरहेको हो कि होइन भन्नेमा कांग्रेसजन नै प्रस्ट छैनन् र यही दुर्दशाका बीच जेनतेन मंसिरसम्ममा महाधिवेशनको औपचारिकता पूरा होस् भनेर प्रार्थना गर्न कांग्रेसजन बाध्य छन्।  

यति हँुदाहुँदै समेत कांगे्रस महाधिवेशनले पार्टीको केन्द्रीय नेतृत्वमा अलिकति नै भए पनि आसलाग्दो र भरोसा गर्न सकिने पात्र, पात्रहरुको चयन गर्न सक्यो भने राष्ट्रकेन्द्री सार्थक बहस प्रारम्भ हुन सक्छ। अन्यथा, देउवा–दाहाल, दाहाल–ओली, नेपाल–दाहाल समीकरणले देशमाथि दाइँ गरिरहनेछन्। कांग्रेस नेतृत्वमा देउवा नै दोहोरिए भने भावी स्थानीय, प्रादेश र केन्द्रका निर्वाचनले राजनीतिक दिशादृष्टि दिन सक्ने छैनन्। यो हुनुअगाडि नै सहज अनुमान गर्न सकिने निष्कर्ष हो। यथार्थ जे भए पनि अमेरिकाको प्रभाव बढ्यो भनेर चीनले त्यो प्रभाव निस्तेज पार्ने उद्योग भइरहनेछ। उनीहरुकै अभीष्ट सिद्ध गर्न देशको शासन उपयोग भइरहनेछ। 

अर्थात् २०६२÷६३ को महान् जनजागरणले ल्याएको उपलब्धि के त भन्ने प्रश्न उपस्थित हुँदा फेरि पनि निरुत्तर हुनुपर्ने अवस्था आइरहेको छ, आइरहनेछ। किनभने नेपालको नयाँ संविधानले अवलम्बन गरेको प्रणालीले पुरानै पात्रलाई अनुमोदन गर्ने र उही प्रवृत्ति दोहोर्‍याउन सहज हुने छिद्र छोडेको छ। राज्यको पुनःसंरचना कस्मेटिक छ त्यसैले उनै घिसापिटा पात्र र प्रवृत्तिको बोलवाला भइरहने परिस्थिति छ। कस्मेटिक प्रबन्ध हटाएर सही अर्थमा राज्यको पुनःसंरचना गर्ने प्रत्याभूति प्रदान गर्ने पात्रहरु नेतृत्वमा आउनु जरुरी छ। तर आउँछन् कसरी? यसका लागि फरक ढंगले सोच्नु जरुरी छ।

किनभने आफैं हेर्नुहोस्, संघीयता लेखिएको छ तर व्यवहार पूरै केन्द्रीकृत छ। पद्धति, संविधान, प्रणाली सबै नयाँ भनिरहँदा पात्रहरुमा एकातिर देउवा र अर्कातिर ओली दोहारिइरहने, दाहाल र नेपालले हुँडलिरहने कस्तो संविधान, कस्तो प्रणाली हो! गणतन्त्र लेखिएको छ, दलका प्रमुख राजासरह भएका छन्। संविधान, प्रणाली बदलिए भनेर मख्ख पर्नुको कुनै औचित्य भएन। यसले ठालुहरुका लागि निरन्तरको मनोरञ्जन त प्रदान गरेको छ, गर्छ तर यसको महँगोे मूल्यचाहिँ देशले चुकाउनुपर्छ, परिरहेको छ। यसरी सर्वसाधारणको जीवनस्तर कहिल्यै उक्सिदैन। सार्थक परिणाम आउँदैन। दिन, साता, महिना र वर्षहरू निरर्थक अभ्यासमै व्यतीत भइरहन्छन्। गैरजिम्मेवार नेताहरु मनोरञ्जन गरिरहन्छन्।


प्रकाशित: September 6, 2021 | 15:45:25 काठमाडौं, सोमबार, भदौ २१, २०७८
श्रीकृष्ण अनिरुद्ध गौतम

श्रीकृष्ण अनिरुद्ध गौतम

गाैतम राजनीतिक विश्लेषक हुन्।
काठमाडौं, सोमबार, भदौ २१, २०७८

थप समाचार

प्रचण्डसँगको संगतले यतीजस्तै बन्यो कांग्रेस–एमालेको समाजवाद

पुष्पकमल दाहाल त्यस्ता खेलाडी हुन, जसले चित र पोट दुवैतिर आफूलाई स्थापित गराएका छन्। अंकगणितमा हारे पनि उनले अरु त के गिरिजाप्रसाद कोइरालाजस्ता चतुर खेलाडीको हातमा रहेको एक्का र बास्सालाई कैंटे दाउ हानेर गुलामले लडाएका छन्।

अबको कांग्रेस नेतृत्व : वैचारिक वा कार्यकर्तामुखी?

कांग्रेसका संस्थापकहरु बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरु शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिका बीच बेलाबेलामा चल्ने लन्च र डिनर बैठकहरुले पनि यदाकदा नौला तरङ्ग ल्याउने गरेका छन्।

विधिले कि जिद्दीले चल्दै हो देशको शासन?

सङ्घीय तहको राजनीतिक समीकरणले स्थानीय तहसम्मकै राजनीतिक नेतृत्वलाई विभाजित र विचलित बनाएर अगि बढाउँदै लगे दलीय नेतृत्वले। देश समग्रमा अपचलन, विचलन र विपथनका साथ अगाडि बढ्दो छ- हामी कानुनको शासनको फलाको फलाकिरहेका छौँस फलाकिरहने रहेछौँ।

कहिले सुधार्ने बैंक खाता नम्बर?

कुनै बैंकमा कुनै व्यक्तिको महिनावारी तलब आउने खाता रहेछ भनेर अनुमान गर्न सकिने प्रणाली (खाता नम्बर) हुनु नेपालको संविधानले धारा २८ मा मौलिक हकका रूपमा ग्यारेन्टी गरेको व्यक्तिको गोपनीयताको हकविरुद्धको विषय हो। वास्तवमा यो विषयमा बृहत् बहस गर्न जरुरी छ।

प्रताप गुमाएका प्रतापीहरू

कार्यकर्ता भर्ती केन्द्र बनाउन घर एउटा प्रदेश, बारी अर्को प्रदेश र शौचालय तेस्रो प्रदेशमा पर्ने गरी संघीयताको बिउ रोपिन्छ। ती प्रदेशका मुखिया एकाघरका छोरी, ज्वाइँ, सालासाली, भाइभतिजा र भजनमण्डलीका सदस्य बनाइन्छन्।

अस्तव्यस्त नेवानि, आन्दोलित कर्मचारी र एअरपोर्ट प्लटिङको जोखिम

महाप्रबन्धक कार्यालयमा उपस्थित नै नहुने या हुनसक्ने परिस्थिति निर्माण हुन नसक्ने र आन्दोलनले निकास नपाउने वस्था रहेमा नेवानिको हालत झन् बिग्रनेमा कुनै शंका छैन। लोकतान्त्रिक भनिएको देउवा नेतृत्वको सरकारले पनि आजसम्म यसमा कुनै ठोस निर्णय गर्न सकेको देखिँदैन।

ट्रेंडिंग

नेपाल समय
समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय
शिक्षा

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय
फुटबल

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय
विदेश

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C