मंगलबार, कार्तिक २, २०७८

'महँगो हुँदैमा विलासी वस्तु भन्न मिल्दैन'

योगेन्द्र गौचन  |  काठमाडौं, बिहीबार, साउन २८, २०७८

योगेन्द्र गौचन

योगेन्द्र गौचन

बिहीबार, साउन २८, २०७८, काठमाडौं

नेपाल समय

कुन वस्तु विलासी हो र कुन अत्यावश्यक भन्नेमा सरकारी नीति नै स्पष्ट छैन। मोबाइल फोनलाई एकपल्ट आधारभूत वस्तुमा राखेर भ्याट नलाग्ने बनाइएको थियो। अहिले फेरि भ्याट लाग्ने बनाइएको छ। विलासिता भनेर बढी मूल्य पर्ने वस्तुलाई भनेको हो। 

विलासिता र अत्यावश्यक छुट्याउने नै मूल्यको हिसाबले हो। मोबाइल फोन त २–४ हजारमा पनि पाइन्छन्। मोबाइल फोन नभई नहुने अवस्था आइसकेकाले त्यो अत्यावश्यक वस्तु हुने नै भयो। ५० हजार, लाख रुपैयाँका मोबाइल चाहिँ  विलासिताकै हुन्। सुनचाँदी, हिरामोती विलासिताका वस्तुमै  हुनुपर्छ।

कार, ट्याक्सीलाई पनि अब अत्यावश्यकमा राख्नुपर्छ भन्ने कुराहरु उठिराखेका छन्। सार्वजनिक यातायात त अत्यावश्यक भर्ई नै हाल्यो। व्यक्तिगत पनि अत्यावश्यकमा राखिनुपर्ने मागहरु उठिराखेका छन्। मोटरसाइकल र सस्ता कारलाई अत्यावश्यकमा राख्नुपर्ने व्यवसायीले माग गर्ने गरेका छन्। तर, त्यो अत्यावश्यकमा परेको छैन। ती वस्तुलाई विलासिताको वस्तु पनि भन्न मिल्ने अवस्था छैन।

बजारमा धेरैथरि मूल्यका कार–भ्यान छन्। बढी मूल्यका कार, भ्यानहरु विलासिताको वस्तुको रुपमा स्वाभाविक छन्। विलासिताको सेवा पनि हुन्छ, वस्तु पनि हुन्छ। मसाज गर्ने,  मोजमस्ती गर्ने, देशविदेश घुम्ने विलासिताका सेवा  भइहाले। वस्तुमा हिरामोति, सुनचाँदी, कस्मेटिक सामान विलासिताका वस्तुहरु हुन्। 

मोटरसाइकलको कुरा गदौ सबैलाई विलासिताका भन्न मिलेन। २०, ३०, ५० लाखका बाइक पनि छन्। यतिका महँगा बाइक त स्वाभाविक रुपमा विलासितामा परि नै हाल्छन्। छलफल गरेर सस्ता बाइकलाई अत्यावश्यकमा राख्न सकिन्छ। अत्यावश्यक वस्तुको सूचीमात्रै तयार गरेको छ, विलासिताका वस्तु स्पष्ट रुपमा सूचीकृत गरिएको छैन। 

अत्यावश्यक बाहेकका सबैलाई विलासिताका वस्तु भन्न पनि मिल्दैन। मोटरसाइकल, कम मूल्यका कारलाई पनि अत्यावश्यकमा राख्नुपर्छ भनेर व्यापारीहरुले माग गरिरहेका छन्। कस्तो र कुन मूल्यका वस्तुलाई अत्यावश्यक भन्ने र कस्तोलाई विलासी भन्ने भनेर गतिलो अध्ययन हुनुपर्छ।

चुरोट, रक्सी विलासिताका वस्तु हुन्, त्यसैले कर बढाइएकै छ। जुन अत्यावश्यक भनिएको छ, त्यस्तोमा कर कम छ। 


योगेन्द्र गौचन, पूर्वमहानिर्देशक (वाणिज्य विभाग)

इलेक्ट्रिक भेइकल महँगा भए पनि त्यस्तालाई विलासिताका वस्तुका रुपमा राख्न जरुरी छैन। बढी भन्सार लगाइएको पनि छैन। इलेक्ट्रिक गाडी प्रोत्साहन गर्नको लागि सरकारले त्यसो गरेको हो। कर, भन्सार बढी र कम हुँदैमा त्यो विलासिताका लागि आधार मानिँदैन।

सबैभन्दा मुख्य कुरा मूल्यलाई नै आधार मानेर विलासी वस्तु तोकिनुपर्ने हो। अनि रमाइलो गर्ने किसिमको वस्तुहरु जस्तै जाँडरक्सी, चुरोट आदि रमाइलोका लागि उपभोग हुने वस्तुलाई विलासी वस्तुका रुपमा राख्न मिल्ने नै भयो। गहनाहरु विलासी भई नै हाले।

व्यापार घाटा बढाउनमा खाद्यान्नको भूमिका देखिएको छ। कृषि मन्त्रालयले नेपालीले आफ्नो उत्पादन छाडेर आयातित खाद्यान्नलाई प्राथमिकतामा राख्दा आयात बढ्यो भन्छ। यस्तो अवस्थामा खाद्यान्न आयात कसरी कम गर्न सकिन्छ?

खाद्यान्न भन्ने चीज जहिले पनि अत्यावश्यक वस्तुभित्रै पर्छ। त्यो विलासिताका वस्तुभित्र पर्दैन। त्यति हुँदाहुँदै पनि आयात निरुत्साहित गर्नको लागि बढी भन्सार लगाइदिन्छन्। त्यो लगाउन पनि पाइयो। खाली भारतसँगको हाम्रो व्यापार सम्झौताले खाद्यान्न र कृषिजन्य वस्तुहरुमा नेपाल–भारतको सम्झौताले गर्दा बढी भन्सार लगाउन पाइँदैन। 

भारतले पनि ५ प्रतिशतभन्दा बढी लाउन नपाउने, हामीले पनि ५ प्रतिशतभन्दा बढी लाउन नपाउने भएको छ। त्यही भएर हामीले भारतसँग बढी दर तोक्न पाइएन। अरुसँग तोक्न पाइयो। यसकै कारण भारतबाट अत्यधिक आयात भइरहेको छ। व्यापार सम्झौता परिमार्जनका लागि भारतले मान्दैन। तैपनि संशोधनका लागि कुराकानी भइरहेको छ।

यो पनि


प्रकाशित: August 12, 2021 | 07:35:00 काठमाडौं, बिहीबार, साउन २८, २०७८
योगेन्द्र गौचन

योगेन्द्र गौचन

गौचन वाणिज्य विभागका पूर्वमहानिर्देशक हुन्।
काठमाडौं, बिहीबार, साउन २८, २०७८

थप समाचार

प्रचण्डसँगको संगतले यतीजस्तै बन्यो कांग्रेस–एमालेको समाजवाद

पुष्पकमल दाहाल त्यस्ता खेलाडी हुन, जसले चित र पोट दुवैतिर आफूलाई स्थापित गराएका छन्। अंकगणितमा हारे पनि उनले अरु त के गिरिजाप्रसाद कोइरालाजस्ता चतुर खेलाडीको हातमा रहेको एक्का र बास्सालाई कैंटे दाउ हानेर गुलामले लडाएका छन्।

अबको कांग्रेस नेतृत्व : वैचारिक वा कार्यकर्तामुखी?

कांग्रेसका संस्थापकहरु बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरु शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिका बीच बेलाबेलामा चल्ने लन्च र डिनर बैठकहरुले पनि यदाकदा नौला तरङ्ग ल्याउने गरेका छन्।

विधिले कि जिद्दीले चल्दै हो देशको शासन?

सङ्घीय तहको राजनीतिक समीकरणले स्थानीय तहसम्मकै राजनीतिक नेतृत्वलाई विभाजित र विचलित बनाएर अगि बढाउँदै लगे दलीय नेतृत्वले। देश समग्रमा अपचलन, विचलन र विपथनका साथ अगाडि बढ्दो छ- हामी कानुनको शासनको फलाको फलाकिरहेका छौँस फलाकिरहने रहेछौँ।

कहिले सुधार्ने बैंक खाता नम्बर?

कुनै बैंकमा कुनै व्यक्तिको महिनावारी तलब आउने खाता रहेछ भनेर अनुमान गर्न सकिने प्रणाली (खाता नम्बर) हुनु नेपालको संविधानले धारा २८ मा मौलिक हकका रूपमा ग्यारेन्टी गरेको व्यक्तिको गोपनीयताको हकविरुद्धको विषय हो। वास्तवमा यो विषयमा बृहत् बहस गर्न जरुरी छ।

प्रताप गुमाएका प्रतापीहरू

कार्यकर्ता भर्ती केन्द्र बनाउन घर एउटा प्रदेश, बारी अर्को प्रदेश र शौचालय तेस्रो प्रदेशमा पर्ने गरी संघीयताको बिउ रोपिन्छ। ती प्रदेशका मुखिया एकाघरका छोरी, ज्वाइँ, सालासाली, भाइभतिजा र भजनमण्डलीका सदस्य बनाइन्छन्।

अस्तव्यस्त नेवानि, आन्दोलित कर्मचारी र एअरपोर्ट प्लटिङको जोखिम

महाप्रबन्धक कार्यालयमा उपस्थित नै नहुने या हुनसक्ने परिस्थिति निर्माण हुन नसक्ने र आन्दोलनले निकास नपाउने वस्था रहेमा नेवानिको हालत झन् बिग्रनेमा कुनै शंका छैन। लोकतान्त्रिक भनिएको देउवा नेतृत्वको सरकारले पनि आजसम्म यसमा कुनै ठोस निर्णय गर्न सकेको देखिँदैन।

ट्रेंडिंग

नेपाल समय
समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय
शिक्षा

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय
फुटबल

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय
विदेश

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C