बिहीबार, असोज २०, २०७९
स्मृति दिवस

निष्ठावान् राजनीतिज्ञ सुशील दाइ

लक्ष्मण घिमिरे  |  काठमाडौं, बुधबार, माघ २६, २०७८

लक्ष्मण घिमिरे

लक्ष्मण घिमिरे

बुधबार, माघ २६, २०७८, काठमाडौं

नेपाल समय

आजकै दिन अर्थात् २०७२ माघ २६ गते कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको निधन भएको थियो। मैले २०४७ देखि झन्डै दुई दशकसम्म उहाँसँग अत्यन्त निकट रहेर काम गर्ने अवसर पाएँ। उहाँलाई म सुशील दाइ भन्थें। अहिलेको नेतृत्वले मात्र होइन युवापुस्ताले पनि उहाँबाट सिक्नुपर्ने कुरा धेरै छन्। लोकतन्त्रप्रतिको उहाँको प्रतिबद्धता र सरल जीवनशैली अतुलनीय थियो। अहिले उहाँको शालीनताबारे चर्चा गर्नु उपयुक्त हुन्छ ।

दुःखका साथ भन्नुपर्छ- उहाँको जस्तो जीवनशैली अहिलेका कुनै नेतामा देखिँदैन। युवा पुस्तामा पनि मैले त्यस्तो कुनै संकेत देखेको छैन। कांग्रेसमा सादगीपूर्ण नेताका रूपमा कृष्णप्रसाद भट्टराई निकै सम्मानित हुनुहुन्छ। सुशील दाइ पनि अर्का आदरणीय नेता हुनुहुन्छ। शालीन व्यक्तित्व र साधारण जीवनशैली उहाँका पर्याय थिए।

पदीय लालसाबाट सधैं टाढा

सुशील दाइमा कहिल्यै पनि पदप्रतिको मोह देखिएन। २०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला हामीले उहाँलाई परराष्ट्रमन्त्री बन्न धेरै अनुरोध गर्‍यौं। तर उहाँ ‘अहिले म मन्त्री बन्ने कुरै नगर’ भनेर पन्छिनुभयो। २०५६ सालमा किशुनजी प्रधानमन्त्री भएका बेला आग्रह गर्दा पनि उहाँ मन्त्री बन्न मान्नु भएन।

हुन त कतिपयले ‘उहाँमा क्षमता नभएको’, त कतिले ‘एकैपटक ठूलो पद खोजेको’ जस्ता टिप्पणी गरे। तर, वास्तविकता बिल्कुलै भिन्न थियो। पछि उहाँ पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नुभयो। त्यसैले क्षमताको प्रश्न गलत थियो भन्ने पुष्टि भइसकेको छ।

अर्को, त्यति बेला अझ ठूलो पद  खोजेर मन्त्री नबनेको भन्ने टिप्पणी पनि सही होइन । किनभने गिरिजाप्रसाद कोइराला वा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बन्नु सुशील दाइका लागि ‘सानो पद’ हुँदैनथ्यो। तर पनि खै किन हो, सुशील दाइले पद ओगट्न चाहनु भएन। मन्त्री बन्ने कुरामात्रै होइन अन्य विषयमा पनि उहाँको मोह उतिसारो देखिँदैनथ्यो। 

आफूमाथि लागेका लाञ्छनाको वास्ता नगर्ने, त्यसको खण्डन नगर्ने कोइराला उति मुखर नहुनुलाई कसैकसैले उहाँको कमजोरीका रुपमा अर्थ्याउँछन्। पहिलो संविधानसभा निर्वाचनमा तेस्रो ठूलो दलमा खुम्चिएको नेपाली कांग्रेस  दोस्रो संविधानसभा निर्वाचनमा उहाँकै नेतृत्वमा पहिलो बन्न पुगेको थियो।

जब पार्टीमा उहाँको खाँचो पर्‍याे सुशील दाइ संसदीय दलको नेता र प्रधानमन्त्री बन्न सफल हुनुभयो। सबै दललाई सहमतिमा ल्याएर उहाँकै नेतृत्वमा मुलुकले नयाँ संविधान पायो। त्यसबेला लोकतन्त्रप्रतिको उहाँको निष्ठाका कारण पनि हुनुपर्छ उहाँले यो पद स्वीकार गरेको।

आफ्नो व्यक्तिगत करिअरमा नकारात्मक असर पर्ला कि भन्ने परवाह नगरी उहाँले छिमेकी मुलुकहरुसँग देशहितमा स्पष्ट अडान लिनुभयो। संविधान जारी गर्दा पनि उहाँको अडान देखिएको थियो। 

सधैँ सादगी

राजनीतिमा लागेर उहाँले न सम्पत्ति जोड्नुभयो, न कुनै अनियमिततामा मुछिनुभयो। अहिलेको पुस्तालाई त्यस्तो पनि हुन्छ र! त्यस्ता पनि नेता थिए र! भन्ने जिज्ञासा उठ्न सक्छ। उहाँसँग गाडी थिएन। अन्तिम अवस्थासम्म पनि उहाँको न घर थियो, न घडेरी। आफ्नो पैतृक सम्पत्तिसमेत उहाँले पार्टी काममा लगाउनुभएको थियो। सबैलाई थाहा छ, अन्तिम समयसम्म पनि आफन्तकहाँ बस्नुभयो सुशील दाइ।

मेरो कुरा सुनेर उहाँको मुख रातो भयो। किन रहेछ भनेर सोध्दा त उहाँको गोजी रित्तो रहेछ। अहिले पनि उहाँको त्यो पाटो सम्झँदा गर्व लाग्छ। 

सुशील दाइ पार्टी महामन्त्री हुनुहुन्थ्यो। म पार्टी कार्यालयको मुख्य सचिव थिएँ। म, सुशील दाइ र बलदेव मजगैयाँ चाबहिलबाट मेरै गाडीमा पार्टी कार्यालय जान्थ्यौं। एक दिन म गाडी चलाइरहेको थिएँ। सुशील दाइ अघिल्लो सिटमा बस्नुभएको थियो। कुरैकुरामा मैले ‘आज मिष्ठान्न भोजन गराउने पालो महामन्त्रीज्यूको’ भनें।

मेरो कुरा सुनेर उहाँको मुख रातो भयो। किन रहेछ भनेर सोध्दा त उहाँको गोजी रित्तो रहेछ। अहिले पनि उहाँको त्यो पाटो सम्झँदा गर्व लाग्छ। सुशील दाइले निर्वाचनका क्रममा पनि जनतालाई अरू नेताजस्तो नचाहिँदो आश्वासन दिनु भएन।

उहाँ सधैँ लोकतन्त्र संस्थागत गर्ने र बलियो बनाउने कुरा गर्नुहुन्थ्यो। लोकतन्त्रको सफल अभ्यासबाट नै मुलुकको दिगो विकास हुन्छ भन्ने उहाँको दृढ धारणा थियो।

अरू दलको त के कुरा, कांग्रेसमै पनि उहाँको जस्तो गुण भएको नेता छैनन्। जीवनशैली विलासी बन्नु हुँदैन भन्ने कुरामा उहाँ निकै सचेत हुनुहुन्थ्यो।

त्यही कारणले उहाँले राजनीतिक उचाइ प्राप्त गर्नुभयो। सबैका प्रिय बन्नुभयो। लोकतन्त्र र सुशासनप्रतिको उहाँको निष्ठामा कहिल्यै कसैले प्रश्न उठाउन सकेन।

हुन त उहाँ महामन्त्री र पार्टी उपसभापति हुँदा पनि कांग्रेसमा गुट थियो। तर, अहिलेजस्तो पार्टी, लोकतन्त्र र मुलुकको हितलाई एकातिर पन्छाएर गुटबन्दी हुँदैनथ्यो।

अहिले त व्यक्तिगत स्वार्थमा गुटबन्दी भइरहेको छ, लोकतन्त्र, मुलुक र देशका मुद्दा ओझेलमा पारिएको छ।

लोकतन्त्रप्रतिको अविचलित निष्ठा, सादगीपूर्ण जीवन शैली, भ्रष्टाचारको कडा विरोध उहाँबाट अनुसरण गर्नुपर्ने विषय हुन्। सुशील दाइप्रति हार्दिक श्रद्धासुमन। [पुन: प्रकाशित] 


प्रकाशित: February 9, 2022 | 10:55:00 काठमाडौं, बुधबार, माघ २६, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
विचार

अन्य दलका नेता भित्र्याउन 'अनलिमिटेड कम्पनी' बन्दै एमाले

पाँच दलीय गठबन्धन बनेपछि आफूले स्पेस नपाउने ठानेर नेकपा एमालेमा अन्य पार्टीका नेता, कार्यकर्ताहरू प्रवेश गर्ने क्रम बढेको छ। आउँदो चुनावमा टिकट कट्ने संकेत पाएपछि सत्तालोभले पार्टी प्रवेश गर्नेहरूको व्यवस्थापन गर्न एमालेलाई कालान्तरमा सकस पर्ने देखिन्छ।
नेपाल समय
विचार

संवैधानिक र राजनीतिक प्रणालीभित्र देखिएको अराजकता!

परिणामस्वरूप सात वर्षमै यो प्रणाली अराजकता उन्मुख देखिँदैछ। हिजोको व्यवस्थाभन्दा चरम राज्यशक्तिको दोहन र अपचलन आज खुलमखुल्ला भइरहेको छ। जसले जे गरे पनि हुने खालको अराजकतातर्फ राज्य प्रणालीका संयन्त्र उद्दत छन्।
नेपाल समय
विचार

सम्पादकीयः संविधान उल्लंघन गर्ने राष्ट्रपति राजीनामा देऊ

राष्ट्रपतिको अहिलेको कदमले विगतमा अधिनायकवादलाई काखी च्याप्न खोज्ने स्वार्थप्रेरित दलहरुको मुहारमा मुस्कान देखिएको भए पनि कालान्तरमा उनीहरुलाई नै पीर्ने निश्चित छ। त्यसकारण अहिलेको विकल्प भनेको राष्ट्रपतिले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु नै उत्तम हुनेछ।
नेपाल समय
विचार

मोदीको सर्वशक्तिमान् छवि कहिलेसम्म रहला?

हरतरहले नागरिकमाथि प्रधानमन्त्री मोदीको तस्बिर, भिडियो र ब्यानरको वर्षा गरिइराखिएको छ। नागरिकले चाहे पनि नचाहे पनि यो विषयलाई अनदेखा गर्न सक्ने अवस्था छैन।
नेपाल समय
विचार

च्याँखे दाउमा अल्झिएको गठबन्धन

गठबन्धनमा आवद्ध सबै दललाई आफ्नो सपनाको खेती गर्नु छ। सपनाको निम्ति गठबन्धनमा रहेका नेपाली कांग्रेस र इतर दलका आ–आफ्नै दुःख छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना