बिहीबार, असोज २०, २०७९

आयौं हामी नेपाल समयसँगै

नेपाल समय लिएर हामी तपाईंहरूमाझ आजैदेखि प्रस्तुत भएका छौं । मुलुकमा गणतन्त्र  स्थापना भएको एउटा ऐतिहासिक अवसर पारेर हामीले यात्रा थालेका छौं । १५ जेठ व्यवस्था फेरिएको दिन मात्र थिएन, नयाँ युगको प्रारम्भ थियो । झण्डै अढाइ सय वर्ष लामो एकात्मक राजतन्त्रतको अन्त्य भएर यही दिन मुलुकमा विधिवत रूपमा संघीय लोकतान्त्रि क गणतन्त्र् स्थापना भएको थियो ।
नेपाल समय  |  काठमाडौं, आइतबार, पुष १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुष १६, २०७४, काठमाडौं

नेपाल समय लिएर हामी तपाईंहरूमाझ आजैदेखि प्रस्तुत भएका छौं । मुलुकमा गणतन्त्र  स्थापना भएको एउटा ऐतिहासिक अवसर पारेर हामीले यात्रा थालेका छौं । १५ जेठ व्यवस्था फेरिएको दिन मात्र थिएन, नयाँ युगको प्रारम्भ थियो । झण्डै अढाइ सय वर्ष लामो एकात्मक राजतन्‍‍त्र अन्त्य भएर यही दिन मुलुकमा विधिवत् रूपमा संघीय लोकतान्त्रिक गणतन्‍‍त्र स्थापना भएको थियो । ११ वर्षअघि आरम्भ भएको गणतान्त्रिक यात्रालाई संस्थागत र परिस्कृत गर्ने सिलसिला अहिले पनि जारी छ । स्वतन्त्र  सूचना र स्वच्छ विचारको प्रवाह गर्ने क्रममा हाम्रो यात्रा परिवर्तन, लोकतन्त्रर र समृद्धिका पक्षमा सधैं समर्पित रहनेछ।

समय सत्य हुन्छ ।  दुनियाँमा समयजति बलियो सत्य अरू केही छैन । हामी  सचेत छौं, समय जति बलवान् छ, तपाईंको सन्तुष्टि र स्वाद त्यति नै मूल्यवान् छ ।  आम पाठकको स्वाद र सन्तुष्टीलाई ख्याल गर्दै हामी समयमै सही सूचना र सटिक विचार पस्किने छौं । खास खबर तथा गहन विचारका लागि तपाईंको समय अब हाम्रो समय हुनेछ । संसारलाई नियाल्दै हामी नेपाल समयसँगै अघि बढ्नेछौं ।  हामी पेश गर्नेछौं, समयको सत्य । हामीलाई चाहिएको छ, तपाईंको साथ । 

पन्ध्रौं शताब्दीको मध्यतिर युरोपमा जोन गुटेनबर्गले छापाखानाको विकास गरेपछि शुरू भएको छापा पत्रकारिताको परम्परागत अभ्यास रेडियो र टेलिभिजन हुँदै डिजिटल चरणमा आइपुगेको छ । प्रविधिको चमत्कारसँगै पत्रकारिताका आयाम पनि परिवर्तन भएका छन्।  प्रविधिको व्यापक पहुँचसँगै सूचना प्रवाहको गति मात्रै बढेको छैन, सूचनाको तृष्णा पनि तीव्र भएको छ। 

पाठकसमक्ष सूचनाको प्राप्ति र अभिव्यक्तिका अनेक माध्यम र विकल्प छन् । मूल प्रवाहका आममाध्यमलाई सामाजिक सञ्जालबाट चुनौती थपिएको छ । इन्टरनेटको व्यापकतासँगै नागरिक पत्रकारिताले छलाङ नै मारेको छ । समाचार तथा सूचनाका लागि एकछिन पनि कुर्ने धैर्य अहिलेका पाठकसँग छैन । यो डिजिटल सागरमा पत्रकारिता सजिलो जागिर होइन, यो निकै संवदेनशील र चुनौतीपूर्ण अभ्यास हो। डिजिटल दुनियाँको यो वास्तविकतालाई हामीले नजिकबाट नियालेका छौं। 

अनलाइन पत्रकारितामा हाम्रो प्रवेश केवल रहर र लहड मात्र होइन, व्यावसायिक पत्रकारिताको एउटा संकल्प र सपना बोकेर हामी यो भीडमा सामेल भएका छौं । भीडमा हामी मिसिएर हराउँदैनौं, त्यो आत्मविश्वास हामीसँग छ । भीडमा रमाउने रहरभन्दा पनि जम्‍ने जाँगर हाम्रो टिमसँग छ। 

अबको पत्रकारितामा बलवान् हामी पत्रकार होइनौं, यसका पाठक र प्रविधि हुन् भन्‍ने वास्तविकतालाई हामीले राम्रोसँग मनन गरेका छौं । पाठकको स्वाद र सन्तुष्टी, सामग्रीको विविधता र गुणस्तर अनि प्रविधिको प्रभावकारी संयोजनबाटै हाम्रो सफलता सम्भव हुन्छ भन्ने  विश्‍वास हामीलाई छ। पाठकको रुचि र रोजाइअनुसार हामी हिँड्न सकेनौं भने हाम्रो यात्रा अधुरो हुनेछ भन्नेमा हामी पूर्ण सचेत छौं । अनि, प्रविधिको गति र समयको मागअनुसार हामी दौडिन वा बदलिन सकेनौं भने हाम्रो यात्रा अर्थहीन हुनेछ भन्‍ने हेक्का हामीलाई छ।

हामीले पनि मनन् गरेका छौं,  अहिले अनलाइन पत्रिकाप्रतिको आमधारणा त्यति राम्रो छैन । बजारमा अनलाइन भन्‍नासाथ अनेक नकारात्मक प्रतिक्रिया मात्र सुन्‍नुपर्छ।

कति धेरै अनलाइन ! मनपरि लेख्छन् !  कसलाई  पत्याउने ?  कपीपेस्ट गर्छन् ! स्रोतको टुंगो छैन ! हेडिङ एउटा, भित्र अर्कै ! यस्ता धेरै प्रतिक्रिया र गुनासो हामीले पनि बजारमा सुन्यौं । त्यसबाट हामीलाई थप सिक्ने र सच्चिने प्रेरणा पनि मिलेको छ।
 
गुणस्तर र विश्वसनीयताको प्रश्न आफ्नो ठाउँमा छ । तर, अनलाइन पत्रिकाहरूको संख्यात्मक वृद्धि निकै उत्साहजनक छ । अनलाइन कति छन्, त्यसको आधिकारिक लेखाजोखा छैन ।  प्रेस काउन्सिलको सूचीकरणमा सहभागी तथा सूचना विभागमा दर्ता हुने अनलाइन पत्रिकाहरूको संख्या करिब हजारको हाराहारीमा छ । यसभन्दा धेरै गुणा बढी अनलाइन खुलेका छन्, बजारमा छन् । असरल्ल उम्रेका अनलाइन पत्रिकाको नियमन र अनुगमन गर्न राज्यका निकायलाई पनि सकस भएको छ।

प्रसिद्ध दार्शनिक इडवार्ड डे बोनोले भनेका छन्, 'यदि तिमी अवसरको प्रतीक्षामा छौ भने तिमी पनि भीडको सदस्य बन्‍नुपर्छ ।' हामी पनि त्यही अवसरको पर्खाइमा भीडमा सामेल भएका छौं । किनभने, भीडमा अवसर ज्यादा हुन्छ । कमजोरहरूको भीडमा थोरै राम्रो गर्दा पनि अगाडि बढ्ने आधार बलियो बन्छ । 
 
अबको पत्रकारितामा बलवान् हामी पत्रकार होइनौं, यसका पाठक र प्रविधि हुन् भन्‍ने वास्तविकतालाई हामीले राम्रोसँग मनन गरेका छौं ।

नेपालको अनलाइन पत्रकारितामा अझै पनि व्यावसायिक प्रतिस्पर्धाको अवस्था बन्‍न सकेको छैन । निजी रहरमा थुप्रै अनलाइन खुलेका छन्, चलेका पनि छन् तर संस्थागत हुन सकेका छैनन् । भर्खर मात्र यसको गुणस्तर, विश्‍वसनियता र नियमनको पाटोमा बहस शुरु हुँदैछ ।

अनलाइनको भीडमा हाम्रो प्रस्तुति विलकुलै फरक हुनेछ, समयले त्यसलाई प्रमाणित गर्नेछ। अनलाइनको औसत ट्रेन्डलाई हामीले पछ्‌याउने छैनौं । संख्यात्मक रूपमा देखिएको तीव्र विकाससँगै अब गुणस्तरको गोरेटो पनि कोरिन थालेको छ । अनलाइन पत्रकारितामा विश्‍वसनियताको बाटो विकास गर्दै गुणस्तरको गोरेटो कोर्ने प्रयासलाई हामीले सधैं प्राथमिकतामा राख्‍ने छौं। 

अरू मिडियामा प्रकाशित समाचार तथा स्टोरीलाई कपीपेस्ट गर्ने,  हुँदै नभएको घटनाक्रमलाई पनि सनीसनीपूर्ण हेडिङ राखेर जबर्जस्ती समाचार पढाउने तथा बिकाउने बाटोमा हामी लाग्‍ने छैनौं, पाठकसमक्ष यो हाम्रो प्रतिबद्धता हो । डिजिटल पत्रकारितालाई थप व्यावसायिक तथा शुद्धीकरण गर्ने अभियानमा हाम्रो सक्रिय साथ र ऐक्यबद्धता हुनेछ।

अनलाइन पत्रिकाप्रति अहिले बजारमा जुन 'इम्प्रेसन' व्याप्त छ, त्यसलाई बदल्ने चुनौतीलाई हामीले अवसरका रूपमा उपयोग गर्नेछौं । अब सादा सूचना तथा समाचारले मात्रै पनि पाठक सन्तुष्ट हुने अवस्था छैन । सूचनासँगै आम पाठको रुचि र प्राथमिकतालाई पनि ख्याल गर्नुपर्ने चुनौती छ। समाचार तथा सूचनाको त्यो बहुआयामिक तृष्णालाई तत्कालै मेटाउने कोशिस हामीले गर्नेछौं।

परिवर्तनलाई आत्मसात् गर्दै हामी पूर्ण लोकतन्त्र, समावेशी समाज र साम्प्रदायिक सद्‌भाव, स्वच्छ न्याय प्रणालि, सुशासन, उदार अर्थव्यवस्थाप्रति प्रतिबद्ध रहनेछौं । हाम्रो कुनै पक्ष वा रंग छैन र हुने छैन। हाम्रो मूल सरोकार तथा स्वार्थको केन्द्रमा सधैं नेपाल र नेपाली मात्र रहनेछन्।

११ वर्षमा कसैले भत्काउन नसक्ने गरी गणतन्त्रको गोरेटो तयार भइसकेको छ। अब यसलाई विस्तार गरेर सुरक्षित राजमार्ग बनाउनुको विकल्प छैन। 

अन्त्यमा, गणतन्त्र  दिवसको अवसरमा सबै सम्मानित पाठकसमक्ष शुभकामना दिन चाहन्छौं। तपाईंको सहयोग, सद्‌भाव र सल्लाह हाम्रा लागि सधैं महत्वपूर्ण ऊर्जा हुनेछ।

प्रकाशित: December 31, 2017 | 18:23:00 काठमाडौं, आइतबार, पुष १६, २०७४

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
विचार

अन्य दलका नेता भित्र्याउन 'अनलिमिटेड कम्पनी' बन्दै एमाले

पाँच दलीय गठबन्धन बनेपछि आफूले स्पेस नपाउने ठानेर नेकपा एमालेमा अन्य पार्टीका नेता, कार्यकर्ताहरू प्रवेश गर्ने क्रम बढेको छ। आउँदो चुनावमा टिकट कट्ने संकेत पाएपछि सत्तालोभले पार्टी प्रवेश गर्नेहरूको व्यवस्थापन गर्न एमालेलाई कालान्तरमा सकस पर्ने देखिन्छ।
नेपाल समय
विचार

संवैधानिक र राजनीतिक प्रणालीभित्र देखिएको अराजकता!

परिणामस्वरूप सात वर्षमै यो प्रणाली अराजकता उन्मुख देखिँदैछ। हिजोको व्यवस्थाभन्दा चरम राज्यशक्तिको दोहन र अपचलन आज खुलमखुल्ला भइरहेको छ। जसले जे गरे पनि हुने खालको अराजकतातर्फ राज्य प्रणालीका संयन्त्र उद्दत छन्।
नेपाल समय
विचार

सम्पादकीयः संविधान उल्लंघन गर्ने राष्ट्रपति राजीनामा देऊ

राष्ट्रपतिको अहिलेको कदमले विगतमा अधिनायकवादलाई काखी च्याप्न खोज्ने स्वार्थप्रेरित दलहरुको मुहारमा मुस्कान देखिएको भए पनि कालान्तरमा उनीहरुलाई नै पीर्ने निश्चित छ। त्यसकारण अहिलेको विकल्प भनेको राष्ट्रपतिले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु नै उत्तम हुनेछ।
नेपाल समय
विचार

मोदीको सर्वशक्तिमान् छवि कहिलेसम्म रहला?

हरतरहले नागरिकमाथि प्रधानमन्त्री मोदीको तस्बिर, भिडियो र ब्यानरको वर्षा गरिइराखिएको छ। नागरिकले चाहे पनि नचाहे पनि यो विषयलाई अनदेखा गर्न सक्ने अवस्था छैन।
नेपाल समय
विचार

च्याँखे दाउमा अल्झिएको गठबन्धन

गठबन्धनमा आवद्ध सबै दललाई आफ्नो सपनाको खेती गर्नु छ। सपनाको निम्ति गठबन्धनमा रहेका नेपाली कांग्रेस र इतर दलका आ–आफ्नै दुःख छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना