रुपन्देहीले दिएको १ सय १२ रनको लक्ष्य पछ्याउने क्रममा महेन्द्रनगरले २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १ सय ९ रन बनान सक्यो । महेन्द्रनगरका लागि आनन्द सुब्रमनियमले २५, रोहित कुमार पौडेलले २४ र मोहमद नाभिदले १२ रन जोड्न बाहेक अन्य ब्यट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । आनन्दले ३३ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरे । रोहितले दुई चौका र एक छक्का प्रहार गरे । अमर सिंह रौटेला ६ र अभिनास बोहरा ३ रनमा अविजित रहे ।
त्यस्तै दिलिप नाथ ८, कुसल मल्ल ९, कप्तान शरद भेषवाकर ४ र आरिफ सेखले ५, सिद्धान्त लोहनी शुन्य रनमा आउट भए । रुपन्देहीका लागि बिक्रम सोबले तीन तथा पुनित मेहराले दुई विकेट लिँदा कप्तान बसन्त रेग्मी, ललित सिंह भण्डारी र कृष्ण कार्कीले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको रुपन्देहीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ११ रन जोडेको थियो । रुपन्देहीका लागि सुशमित महर्जनले सर्वाधिक २७ रन जोडे । उनले ३५ बल खेल्दै एक चौका र दुई छक्का प्रहार गरे ।
विनोद भण्डारीले १९, बिक्रम सोबले १६, सन्दीप सुनारले १५ र बाबर हायातले १४ रन जोडे । प्रदिप ऐरी १ रन, पुनित मेहरा ३ रन कप्तान बसन्त रेग्मी शुन्य, कृष्ण कार्की ४ र भिम सार्की २ रनमा आउट भए ।
महेन्द्रनगरका लागि सिद्धान्त लोहनीले तीन विकेट लिँदा, सागर ढकाल र अभिनास बोहराले दुई विकेट लिए । त्यस्तै कप्तान शरद भेषवारले एक विकेट लिए । मंगलबार दुई खेल हुँदै छन् ।
मंगलबार हुने पहिलो खेलमा सिवाइसी अत्तरियाले धनगढी स्टार्सको सामना गर्ने छ । त्यस्तै दोस्रोमा खेल विराटनगर किङ्सले रुपन्देही च्यालेन्जर्सको सामना गर्ने छ । फाप्ला क्रिकेट मैदानमा पहिलो खेल ९ बजे र दोस्रो खेल दिउँसो १ बजे सुरु हुने छ ।