रुपन्देहीले दियो महेन्द्रनगरलाई ११२ रनको लक्ष्य

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/IMG_1759.jpg

धनगढी- धनगढी प्रिमयर लिग (डिपिएल) टी-२० क्रिकेटको जारी दोस्रो खेलामा रुपन्देही च्यालेनजर्सले महेद्रनगर युनाईटेडलाई जितका लागि १ सय १२ रनको लक्ष्य सुम्पेको छ । टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको रुपन्देहीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ११  रन जोडेको हो । 

रुपन्देहीका लागि सुशमित महर्जनले सर्वाधिक २७ रन जोडे । उनले ३५ बल खेल्दा एक चौका र दुई छक्का प्रहार गरे । विनोद भण्डारीले १९ रन जोडे । उनले १६ बल खेल्दै एक चौका र २ छक्का प्रहार गरे । 

त्यस्तै सन्दीप सुनारले १५ र बाबर हायातले १४, बिक्रम सोबले १६ रन जोडे । प्रदिप ऐरी १ रन, पुनित मेहरा ३ रन कप्तान बसन्त रेग्मी शुन्य, कृष्ण कार्की ४ र भिम सार्की २ रनमा आउट भए । 

महेन्द्रनगरका लागि सिद्धान्त लोहनीले तीन विकेट लिँदा, सागर ढकाल र अभिनास बोहराले दुई विकेट लिए । त्यस्तै कप्तान शरद भेषवारले एक विकेट लिए । 



प्रतिक्रिया