मैथिली लघु फिल्म ‘इजोत’ को सार्वजनिक

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/ijot_release_1.jpg

जनकपुरधाम- मैथिली लघु फिल्म ‘इजोत’ को सार्वजनिक गरिएको छ। महिला सशक्तिकरणमा आधारित लघु फिल्म ‘इजोत’ को जनकपुरमा आयोजित एक समारोहका बीच सार्वजनिकीकरण गरिएको हो।

आफन्त नेपालको सहयोगमा तयार पारिएको करिब ३४ मिनेट लामो फिल्ममा कथा, पटकथा, संवाद र गीत युवा साहित्यकार अशोक दत्तले लेखेका छन्। सूर्यनारायण साहको निर्देशनमा तयार पारिएको फिल्ममा संजय यादवले संगीत दिएका छन्।

राकेश यादव, अम्बिका मण्डल, ज्योति मण्डल, नेहा साह, जयप्रकाश मण्डल, प्रदीप मरवैतालगायतका स्थानीय कालाकारण अभिनित चलचित्रको गीतहरुमा संजय यादव, शिवानी भगत, सार्थी लामाले स्वर दिएका छन्।

‘मैथिली शब्द ‘इजोत’ भनेको प्रकाश हो र यस फिल्मको माध्यमबाट छोरीहरुप्रति भइरहेको विभेदबारे चित्रण गर्ने प्रयास गरिएको छ,’ फिल्मका कथाकार दत्तले बताए।

‘इजोत’ लघुफिल्मको माध्यमले छोरीलाई शिक्षित बनाउनुका साथै दाइजोले सामाजमा खेली रहेको नकारात्मक प्रभावबारे स्पष्ट सन्देश दिएको उनको भनाइ छ। यसका साथै वैदेशिक रोजगारका कारण बढ्दै गएको सामाजिक विकृतिबारे पनि ‘इजोत’ ले प्रष्ट्याउने प्रयास गरेको दत्तले बताए।

फिल्म सार्वजनिकीकरण कार्यक्रममा उपस्थित भएका प्रदेश २ का अर्थ मन्त्री विजय यादव, प्रदेशसभा सदस्य शत्रुध्न महतो, रामअशिष यादव, राजनीतिक विश्लेषक प्राध्यापक भोगेन्द्र झालगायतका व्यक्तिहरुले सानै भएपनि ‘इजोत’ ले सबैको मन जित्न सफल भएको प्रतिक्रिया दिएका छन्। 

पछिल्ला दिनहरुको तुलनमा विकसित भएपनि तराई मधेशमा छोरीको शिक्षा दिक्षा अझै समस्याको रुपमा देखिएको बेला ‘इजोत’ फिल्मले यसबारे सबैलाई झकझकाउने सार्वजनिकीकरणमा सहभागीहरुले बताए। प्रदेश २ सरकारले प्राथमिकताका साथ सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई सफल पार्न ‘इजोत’ फिल्मले सहयोगी भूमिका निर्वाह गर्ने उनीहरुको भनाइ थियो।

 



प्रतिक्रिया