यो ट्रेकिङ रुटबाट अन्नपूर्ण रेञ्ज, धौलागिरी, माछापुच्छ्रे, मनास्लुलगायत हिमाल देखिन्छन्। साथै, हरियाली जंगल तथा स्थानीय बस्तीहरु समेत अवलोकन गर्न पाइन्छ । यो करिब एक हप्तामा सम्पन्न हुने ट्रेकिङ रुट हो। अहिले यो रुटमा पर्यटक बढिरहेका छन्।
कास्कीको काँडेबाट यो ट्रेकिङ रुट सुरु हुन्छ। काँडेबाट अष्ट्रेलियन क्याम्प, पोथाना हुँदै पितम देउराली पुगिन्छ र त्यसपछि फरेष्ट क्याम्प। फरेष्ट क्याम्पबाट लो क्याम्पतर्फ लागिन्छ। बतासे डाँडा हुँदै त्यसैदिन हाइक्याम्प पुगिन्छ। यो ट्रेकिङ रुटको अन्तिम होटल पनि हाइक्याम्पमा छन्।







