फोहोर प्रशोधनको लागि जग्गाको टुंगो नलाग्दा समस्या

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/Landfill_site_1.jpg

धनगढी- धनगढी उपमहानगरपालिका र भिमदत्त नगरपालिकामा फोहोरमैला प्रशोधन केन्द्रका लागि जग्गाको टुंगो नलाग्दा आयोजना अन्योल बनेको छ। क्षेत्रीय शहरी विकास आयोजना अन्तरगत कैलालीको धनगढी र कञ्चनपुरको भिमदत्त नगरपालिकामा फोहोरमैला प्रशोधन केन्द्रका लागि जग्गा व्यवस्थापनको काम एेले सम्म हुनसकेको छैन।

एसियाली विकास बैंकले फोहोरमैला प्रशोधन केन्द्र निर्माण भए मात्रै सडक लगायतका योजनाको काम अघि बढाउने सर्त राखेको छ। जसले गर्दा अन्यपुर्वाधारका काम पनि ठप्प छन्। दुवै नगरले भने उच्च तहमा राजनीति सहमती भईसकेकाले फोहोरमैला प्रशोधन केन्द्रको काम अगाडि नबढेपनि सडक लगायतका अन्य योजनाको काम अगाडि बढाउन दवाव दिईरहेका छन्। धनगढी उप-महानगरपालिकाका मेयर नृपवहादुर ओडले फोहोरमैला व्यवस्थापन केन्द्रसंगै अन्य योजना पनि अगाडि बढाउने सहमती भएको दावी गरे। धनगढी उप-महानगरपालिकाले भने फोहोरमैला व्यवस्थापनका लागि जग्गाको टुङगो नलागेपनि अव सडकका योजना टेण्डरमा जाने भएकाले वडाहरुलाई सम्वन्धीत सडकहरुको क्षेत्राधिकार खाली गर्न मौखिक निर्देशन दिईसकेको छ।

यता आयोजना कार्यालयले भने फोहोरमैला व्यवस्थापन केन्द्र र फोहर पानी व्यवस्थापन केन्द्रका लागि जग्गाको टुङगो नलागे सम्म अन्य योजनाका पनि काम अगाडी बढाउन नसकिने बताउँदै आएको छ । क्षेत्रीय सहरी विकास आयोजनाका, आयोजना व्यवस्थापक श्यामचन्द्र बुढाथोकीले भने फोहोरमैला प्रशोधन केन्द्र नै पहिलो सर्त रहेको बताए । 

कैलालीको गोदावरी र कंचनपुरको शुक्लाफाटा नगरपालिकामा फोहोरमैला व्यवस्थापनका लागि जग्गाको टुङगो लागिसकेकोले ति नगरमा निर्माण हुने सडक र भवनको डिजायन स्टमेट स्वीकृतीको तयारी अन्तिम चरणमा पुगेको छ। धनगढी उप-महानगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकामा भने फोहरमैला व्यवस्थापनका लागि जग्गा प्राप्ती नभए सम्म अन्य योजना बढाउन नसकिने अडान आयोजनाको छ। यद्यपी धनगढी र भीमदत्तमा आयोजना अन्तरगत निर्माण हुने सडको डिजायन स्टमेटको काम अन्तिम चरणमा भएपनि फोहोरमैलाका लागि जग्गा व्यवस्थापन नहुँदा अगाडी बढाउन नसकेको आयोजना कार्यालयले बताउँदै आएको छ। 

एसियाली विकास बैंक र परामर्शदाता कम्पनीहरुले पनि पटक-पटक फोहोरमैला व्यवस्थापन केन्द्रका लागि जग्गा व्यवस्थापन गर्न आग्रह गरिसकेका छन्। तर आयोजना लागु भएको बर्षदिन सम्म पनि धनगढी र भीमदत्तले जग्गा व्यवस्थापन गर्न नसक्दा अन्य क पनि रोकिएको हो। 

धनगढीको वडा नम्बर २ मा जग्गा प्रस्ताव गरिएकोमा छिमेकी  वडा नम्बर १ का केही स्थानीयले त्यसको बिरोध गर्दै आएका छन्। आयोजनाका लागि छनौटमा परेका सडकहमा पनि ३, ४ बर्षदेखि मर्मत समेत नहुँदा सडकको अवस्था दयनिय बन्दै गएको छ। जसले गर्दा आवतजावतमा निकै समस्या उत्पन्न भैरहेको छ। 
 



प्रतिक्रिया