यी हुन् चलेका बलिउड कलाकारका गुमनाम सन्तान

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/friday_story.jpg

मुम्बई – बलिउडमा चलेका स्टारका केही सन्तानको आगमन भयो। तर, तिनीहरु टिक्न सकेनन्। कतिलाई त उनीहरु आए गएको नै थाहा भएन। उनीहरुले बलिउडमा स्थापित हुन मिहिनेत नगरेका  होइनन्। तर, दर्शकको नजरमा पर्नै सकेनन्। यहाँ त्यस्तै दस स्टारका सन्तानको चर्चा गरिएको छ।

श्रुति हासन

कमल हासनको बलिउडमा आफ्नै खाले पहिचान छ। उनकी छोरी श्रुति भने बलिउडमा आफ्नो स्थान बनाउन असफल रहिन्। श्रुतिले बलिउडमा २००९ मा ‘लक’ फिल्मबाट डेब्यु गरेकी थिइन्। यसपछि श्रुतिले थुप्रै फिल्ममा अभिनय गरिन्। हिन्दी फिल्मका अलावा श्रुतिले तेलुगु र कन्नड फिल्ममा पनि अभिनय गरेकी छन्। यो भन्दा पहिले उनी धर्ममा त्यति विश्वास गर्थिनन्। तर हालसालै उनले बौद्ध धर्म अपनाएकी छन्। उनले बलिउडमा संघर्ष गरे पनि स्थापित हुन भने सकिनन्।

इशा देओल

इशाको पनि अहिले श्रुतिको भन्दा अवस्था फरक छैन। धर्मेन्द्र र हेमा मालिनी बलिउडका सुपर कलाकार हुन्। आज पनि उनीहरुका शुभचिन्तक प्रशस्तै छन्। तर उनीहरुकी छोरी ईशा देओलको नाम फलप स्टारको सूचीमा छ। इशाले २००२ मा ‘कोई मेरे दिल से पुछे’ फिल्मबाट आफ्नो अभिनय यात्रा थालेकी हुन्। यसपछि उनले ‘कारगिल’, ‘युवा’, ‘धूम’, ‘इन्सान’, ‘काल’ लगायतका फिल्ममा अभिनय गरिन्। यी चलचित्रमा कुनैबाट उनलाई सफलता हात लाग्यो भने कुनै फ्लप भए। उनीद्वारा अभिनित केही फिल्मले राम्रो गरे पनि इशा भने चल्न सकिनन्। यतिबेला उनी फिल्म इन्डस्ट्रीबाट बाहिर छिन्।

तनीषा मुखर्जी

तनूजाकी कान्छी छोरीको नाम पनि फ्लप कलाकारको सूचीमा छ। तनुजा र उनकी जेठी छोरी काजोलले बलिउडमा आफ्नो अभिनयको राज नै चलाए भन्दा हुन्छ। तर २००३ सालबाट बलिउडमा डेब्यु गरेकी उनकी कान्छी छोरी तनीषाले भने सफलता हात पार्न सकिनन्। ‘नील एन्ड निकी’, ‘सरकार’, ‘टैंगो चार्ली’ लगयत थुप्रै फिल्ममा अभिनय गरेकी तनीषा बलिउडमा नोटिस् हुन सकिनन्।

रिंकी खन्ना

राजेश खन्ना र डिम्पलकी छोरी रिंकी खन्नाको नाम पनि फ्लप स्टारको सूचीमा छ। रिंकीले १९९९ मा ‘प्यार मे कभी कभी’ फिल्मबाट अभिनय यात्रा थालेकी थिइन्। यसपछि उनले ‘जिस देशमे गंगा रहना है’, ‘मुझे कुछ कहना है’, ‘ये है जलवा’, ‘झंकार बिट्स्’ र ‘चमेली’ लगायतका फिल्ममा अभिनय गरिन्। तर, उनले सफलता हात पार्न सकिनन्।

तुषार कपुर

२००१ सालको सुपरहिट फिल्म ‘मुझे कुछ कहना है’ बाट फिल्मी करियर सुरु गरेका तुषारले आफ्नो फिल्म करियरभरि साइड रोल निर्वाह गरेका थिए। उनी सुप्रसिद्ध भारतीय अभिनेता जितेन्द्रका छोरा हुन्। तुषारका दाइ एकता कपुरले पनि भारतीय फिल्ममा राम्रै स्थान बनाएका छन्। तुषारको अभिनयलाई ‘गोलमाल’ मा मन पराइए पनि अन्य फिल्ममा उनले गरेको अभिनयलाई भने त्यति मन पराइएन।

सोहेल खान

अब कुरा गरौं सलीम खानकी छोरी सोहेल खानको। सोहेल सलमान खानका कान्छा भाइ हुन्। साहेलले २००२ मा फिल्म ‘मैले दिल तुझे दिया’ बाट बलिउडमा डेब्यु गरेका थिए। उनले थुप्रै फिल्ममा अभिनय गरे पनि कुनै फिल्मलाई हिट बनाउन सकेनन्। सलमानको बलिउडमा एकछत्र राज छ। तर, साहेल भने सधंै गुमनाम रहे।

उदय चोपडा

फिल्मी दुनियाँबाट गायब भएका उदय चोपडालाई अहिले त सम्झिन पनि मुस्किल नै पर्ला। उदय चोपडा यश चोपडाका छोरा र आदित्य चोपडाका भाइ हुन्। यी दुई बुवाछोराझंै उदयले नाम कमाउन सकेनन्। उदयले २००० मा रिलिज भएको ‘मोहब्बतें’ बाट फिल्ममा डेब्यु गरेका हुन्। उनीद्वारा अभिनित फिल्म त सुपरहिट भयो तर उदय चल्न सकेनन्। त्यसपछि ‘धूम’ को तीनै सिरिजमा उनले अभिनय गर्ने मौका पाए। तर, दर्शकको नजरमा पर्न सकेनन्।

अध्ययन सुमन

फिल्मका र टेलिभिजनमा शेखर सुमन चलेको नाम हो। पिताको जसरी अध्ययन सुमन शोहरतले भूमिका निर्वाह गर्न सकेनन्। अध्ययन सुमनद्वारा अभिनित पहिलो फिल्म ‘हालदिल–ए’ २००८ सालमा रिलिज भएको थियो। अध्ययन सुमनले अभिनय गरेका अहिलेसम्म ८ फिल्म रिलिज भएका छन्। कुनै फिल्ममा पनि दर्शकले उनको अभिनयलाई मन पराएनन्।

टिना आहुजा

गोविन्दाको अभिनय, कमेडी र नृत्यलाई दर्शकले निकै मन पराउने गरेका छन्। उनकी छोरी टिना भने बलिउडमा टिक्नै सकिनन् । पन्जाबी फिल्म ‘सेकेन्ड हैन्ड हसबेन्ड’ बाट फिल्ममा डेब्यु गरेकी टिनाले बलिउडमा आफ्नो स्थान बनाउन सकिनन्। उनी जसरी आइन्, त्यसरी हराइन्।

सोहा अली खान

सोहा अली खान शर्मिला टैगोरकी छोरी हुन्। शर्मिला बलिउडकी चलेकी कलाकार हुन्। उनका थुप्रै फ्यान छन्। उनकी छोरी सोहाले  ‘रंग दे बसन्ती’, ‘दि मांगे मोर’ जस्ता चलेका दुई तीन फिल्ममा अभिनय गरिन्। तर उनी दर्शकको नजरमा नोटिस् हुन सकिनन्। जसरी आइन् उनी त्यसरी नै हराइन्।




प्रतिक्रिया