अन्य विरामीलाई पालो दिएर डा केसी वार्डमा, जोखिम यथावत्

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Dr_Govinda_Kc_1.jpg

काठमाडौं- लामो समयदेखि चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्नै अनशन बसिरहेका डा गोविन्द केसीलाई वार्डमा सारिएको छ। १२ दिनदेखि १६ औं अनशन बसिरहेका डा गोविन्द केसीलाई आइतबार आइतबार ३ बेजर २० मिनेटमा जनरल वार्डमा सारिएको हो।

आफूले ‘बेड अकुपाई’ गर्दा आइसियू जरुरी भएका सर्वसाधारण बिरामी मर्कामा पर्ने भन्दै वार्डमा सार्न दबाब दिएपछि आइसियूबाट अस्पतालको ५०२ नम्बर बेडमा सारिएको डा सुवास आचार्यले जानकारी दिए। 

आइसियूमा विभिन्न जटिल रोगका बिरामी हुने भएकाले धेरै दिन राख्दा सकंमणको जोखिमसमेत बढी हुने गर्छ। डा केसीको उपचारमा संलग्न चिकित्सकका अनुसार डा केसीमा देखिएको निमोनिया केही घटे पनि अन्य जोखिम यथावत् छ। डा केसीको रगतमा सेतो रक्तकोषको संख्या ज्यादै न्यून भएको र सुगरको मात्रा समेत कम भएकाले नयाँ संक्रमणको जोखिम कायमै रहेको चिकित्सकले बताएका छन्।

डा केसीले स्वास्थ्यमा जतिसुकै जोखिम देखिए पनि आफ्ना माग पूरा नभएसम्म कुनै हालतमा अनशन नतोड्ने र बेहोस नहुँदासम्म मुखबाट कुनै पनि औषधि नलिने अडान राख्दै आएका छन्।

सरकारले आफ्नो १५औँ अनशनका क्रममा गरेको सम्झाता पालना गर्नुपर्नेलगायत माग राखी २५ पुसदेखि इलाममा अनशन बस्दै आएका डा केसीको स्वस्थ्यअवस्था निकै कमजोर भई आइसियूमा राखेर उपचार गर्नुपर्ने भएपछि उनलाई रातारात नाइटभिजन हेलिकोप्टरमा काठमाडौँ ल्याई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।



प्रतिक्रिया