बुटवलमा कांग्रेस गर्जियो : स्थायी राजधानी नभए आन्दोलनको आँधिबेहरी

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Congress_Province_5.jpg

भैरहवा- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज रुपन्देहीमा शक्ति प्रर्दशन गरेको छ। कांग्रेसले प्रदेश नम्बर ५ को स्थायी राजधानी रुपन्देहीमा नगराए सरकारले सामना नै गर्न नसक्नेगरी आन्दोलनको आधिबेहरी सृजना गर्ने नेताहरुले बताएका छन्।

संविधानतः प्रदेश सभाले घोषणा गर्नुपर्ने स्थायी राजधानी अहिले सम्म गर्न नसकेर प्रदेश सरकारले निरीहता प्रदर्शन गरेको आरोप लगाउदैं उनीहरुले तत्काल प्रदेश ५ को राजधानी रुपन्देही घोषणा गर्न माग समेत गरेका छन्। प्रदेश नम्बर ५ मा नेकपाको बहुमतिय सरकार छ।

५ नम्बर प्रदेशका १२ वटै जिल्लाका नेता कार्यकर्ता सहभागी रहेको भनिएको शक्ति प्रदर्शन पछिको आमसभालाई सम्बोधन गर्दै नेता बालकृष्ण खाणँले भने , ‘रुपन्देहीलाई स्थायी राजधानी नबनाए सरकारलाई आन्दोलनको आधिबेहरी थेग्न मुश्किल पर्नेछ। मलाइ विश्वास छ यो हाम्रो खबरदारी सभालाइ हेरेर, बुझेर तत्काल रुपन्देहीलाई स्थायी राजधानी बनाउन सरकार अबिलम्ब लागी हाल्नेछ। ’

पुर्व मन्त्री तथा नेपाली कांग्रेस सघिय संसदका प्रमुख सचेतक समेत रहेका खाणले  बाँके बदिया र रोल्पा रुकुम, प्युठानसंग जोड्नको लागि पनि रुपन्देही राजधानी जरुरी रहेको बताए।  उनले भने , ‘सबै दृष्टिकोणले रुपन्देही राजधानि आवश्यक छ। ’

सभालाई सम्बोधन गर्दै कांग्रसका अर्का प्रवावशाली नेता चन्द्र भण्डारीले रुपन्देहीबाट राजधानी दायाबाया गराएका कडा आन्दोलन गर्ने चेताबनी दिए। उनले विगतमा तराईबाट पहाड छुट्टाउन खोज्दा नै जनताले रुपन्देही राजधानीको सन्देश दिएको स्मरण गराउदैं सरकारले रुपन्देहीबाट अन्यत्र राजधानी सार्ने विषयमा सोच्नु पनु मुर्खता हुने बताए।

नेपाली काग्रेसका नेता तथा पुर्व गृह राज्य मन्त्री देवेन्द्र राज कडेलले रुपन्देहीमा राजधानीको आधार तयार भईसकेकोले यस विषयमा सरकारले तत्काल निर्णय लिनुपर्ने बताए।

५ नम्बर  प्रदेश सभाका नेपाली काग्रेस संसदीय दलका नेता बलदेब सर्मा पोखरेलले प्रदेश सरकारले राजधानीको विषयमा अलमल गर्नु गलत भएको तर्क गरे।  कार्यक्रममा प्रदेश सभा सदस्यहरु विरेन्द्र कनौडिया, रमा अर्याल , नेपाली काग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ, अर्घाखाँचीका सभापति विष्णु मुस्कान, पाल्पा सभपाति तथा प्रदेश सभा  सदस्य बिर बहादुर राना लगायत बोल्दै रुपन्देही राजधानीको लागि हरेक बिषयमा उपयुक्त रहेको दावी गरेका थिए। 

शेर बहादुर देउवा सरकारले अस्थायी राजधानिको रुपमा तोकिदिएको बुटवलबाट प्रदेश नं ५ को काम कारबाहि चलिरहेको छ , यतिबेला। अस्थायी राजधानि दांग की रुपन्देही भन्ने विषयमा नेताहरुबीच धेरै तानातान नभएको पनि होइन। तथापी त्यतिबेला तत्कालिन एमालेका उपमहासचिव विष्णु पौडेल, मन्त्रीमण्डलका सदस्य राप्रपाका नेता दीपक बोहरा, कांग्रेसका नेता बालकृष्ण खाण लगायतको दबाबमा देउवा सरकारले रुपन्देहीलाई प्रदेश राजधानी तोकिदियो। 

यो निर्णयबाट प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल खुसी देखिएनन्। न त संघीय संसदका सभामुख कृष्ण बहादुर महरा । उनीहरु दुबैजनाले चुनावताका दांगका जनतासंग जसरी पनि प्रदेश राजधानी दांग बनाउने कसम खाएका थिए। जसको प्रभावस्वरुप प्रहरीको प्रदेश कार्यलय र उच्च अदालत तुलसीपुर राखियो । तथापी अस्थायी राजधानी बुटवलबाट कामकाज चल्दै गएको छ।

गत वर्ष  लुम्बिनी अन्चलका पहाडी जिल्लाहरुलाई रुपन्देहीबाट टुक्राउन खोज्दा ठूलो आन्दोलन भयो।  अञ्चलका पहाडी जिल्लाहरू एउटै प्रदेशमा राख्न माग गर्दै भएको आन्दोनलको मोर्चाको  नेकपाका नेताहरु विष्णु पौडेल, घनस्याम भुसाल, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, टोपबहादुर रायमाझीहरु र कांग्रेसका चन्द्र भण्डारी लगायतले नेतृत्व समेत गरेका थिए। जसको कारण पहाडी जिल्ला टुक्राईएन। 

यसले के देखाउछ भने, लुम्बिनी अन्चलका पहाडी जिल्लालाई अपायक पर्ने दांगमा राजधानी बनाउदा सत्तारुढ दलका प्रभावशाली नेताहरुले नीतिगत रुपमै असहमती देखाउने प्रशस्त ठाउँ छ।

अर्कोतर्फ प्युठानले दांग भन्दा रुपन्देहीलाई राजधानी बनाउने विषयमा सहमती जनाएको अवस्था छ। यस्तो अवस्थामा चुनाब ताका गरेको बाचा कसम अनुसार मुख्यमन्त्रीले दांग राजधानी बनाउन सक्ने देखिदैंन। सहमतिबाट नभएको अवस्थामा प्रदेश सांसदहरुले मतदान गर्दा पनि रुपन्देहीको पक्षमा बहुमत आउने गणीतिय तथ्यांकले देखाएको छ। तसर्थ आफुले भने अनुकुलको नहुने भएपछि मुख्यमन्त्री पोखरेलले राजधानीको विषयमा टुंगो लगाउन ढिलाई गरिरहेका छन्।

प्रदेश सभाले राजधानि र नामाकरणको विषयमा  टुंगाउन प्रदेश सभा सदस्य दिपेन्द्र कुमार  पुन मगरको संयोजकत्वमा प्रदेश नामाकरण र स्थायी राजधानि सम्बन्धी विशेष समिती समेत गठन गरेको छ। रोल्पा जिल्लाबाट प्रतिनिधीत्व गर्ने सांसद पुनको नेतृत्वमा गठीत समितीमा बर्दिया, नवलपरासी र रुकुमका सांसद बाहेक अन्य जिल्लाका गरी १५ सदस्यीय समितीमा सहभागी छन्। गएको साउन २४ गते संसदले बनाएको उक्त समितीको अहिले सम्म ५ वटा बैठक बसेको छ।

समितिको बैठकले  जिल्लागत रुपमा सुझाब संकलन गर्नेगरी प्रदेश अन्र्तगतका १२ जिल्लामा जान ६ वटा टोली बनाएको छ। समितिका सदस्यहरु मध्येबाट बन्ने टोलीमा दुइ देखि चार सदस्य रहेका छन। एउटा टोलिले दुइ वटा जिल्ला हेर्ने गरी टोलि बनाइएको छ। बर्दिया र बाकेमा तुलसी प्रसाद चौधरी, चेतनारायण आचार्य र विष्णु पन्थी, दाङ र प्यूठानका लागि नारायण आचार्य र निर्मला क्षेत्री, रोल्पा र रुकुमका लागि दिनेश पन्थी,वीरवहादुर राना, रमा अर्याल र कल्पना पाण्डे रहेका छन्। 

त्यस्तै अर्घाखाँची र कपिलवस्तुका लागि दिपेश थारु, तारा जिसि, पाल्पा र गुल्मीका लागि भुवनेश्वर चौधरी र सहषराम यादव र रुपन्देही तथा नवलपरासी पश्चिममा दिपेन्द्र पुन र सरस्वति गौतम रहेको टोलि बनेको छ। संयोजक पुनका अनुसार समितीका सदस्यहरुलाई ६ टिममा बाडेंर जिल्ला समन्य परिषद सम्मको राय लिनेगरी कार्य अगाडी बढाईएको हो। 

उक्त टोलीले सबै जिल्लाबाट राय संकलन गरेर आईसकेपछि समितीले एकिकृत निर्णय  गरी प्रदेश सभामा पेश गर्ने योजना बनाएको छ। समितीले पुर्व निर्धारित पाएको समयअवधि भित्र काम सम्पन्न गर्न नसकेपछि गएको मंसिर २४ गते पुनः ३ महिनाकोलागी थप समय पाएको हो। साविकका  जिल्लाहरु नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही,  कपिलबस्तु,  पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग),रोल्पा,  प्युठान, दांग, बाकें र बर्दिया प्रदेश ५ बनाइएको हो।



प्रतिक्रिया