चाबहिलमा चोरी गर्ने एक भारतीयसहित दुई पक्राउ

Arrested.jpg

काठमाडौं- चाबहलि चुच्चेपाटीमा रहेको हिम ईलेक्ट्रोनिक्सको शो रुमबाट २८ लाख चोरी गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरीले भारत मोतिहारीका जितेन्द्ध रौनियार तथा रामेछाप खाँडादेबिका जयराम श्रेष्ठलार्इ पक्राउ गरेका छन् । उनिहरु  चाबाहिल चुच्चेपाटी स्थित गोल्छा अर्गनाईजेसनद्धारा संञ्चालित हिम ईलेक्टोनिक्स तथा सामसुङको शोरुमबाट गत जेठ १८ गते राति पसल फोडी ८३ थान मोबाईलसहित  नगद  २८ लाख १८ हजार ९ सय २० रुपैयाँ बराबरको चोरी गरि फरार भएका थिए । 

https://www.nicasiabank.com/
नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको बिषेश टोलीले नियन्त्रणमा लिएको हो । उनिहरुको साथबाट  २८  थान बिभिन्न ब्रान्डका मोबाइल बरामद गरीएको छ ।

दूवै जनालाई चोरीमुद्धामा आवाश्यक कारबाहीका लागी महानगरीय प्रहरी बृत्त गौशाला पठाइएको छ ।
 

प्रतिक्रिया