‘प्रोजेट बैंक’बनाउदै राष्ट्रिय योजना आयोग 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/national_planning_commission1.jpg

काठमाडौं- राष्ट्रिय योजना आयोगले ‘प्रोजेट बैंक’बनाउने भएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कंडेलले उचित ढङ्गले परियोजना छनौट नहुँदा परियोजना असफल हुने भन्दै सो समस्या हल गर्न प्रोजेक्ट बैंक बनाउने बताए। साथै आवश्यक पूर्व तयारीका साथ आयोजनाहरु कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिएकाे छ।

आयोगले तयार गरेको पन्ध्रौं योजनाको आधार-पत्र र प्रदेश नीति/योजना आयोगले तयार गरेको आवधिक योजनाको आधारपत्रका विषयमा आयोग र प्रदेश स्तरीय योजना आयोगबीच विहीबार सम्पन्न छलफल कार्यक्रममा सो योजना अघि सारिएको हो।

उनले प्रदेशमा नीति/योजना आयोग बनेपछि योजना निर्माण र कामले गति लिएको जानकारी दिएका थिए। कार्यक्रममा उपाध्यक्ष कंडेलले वार्षिक कार्यक्रम, आवधिक योजना र मध्यमकालिन खर्च संरचना तर्जुमा लगायतका कार्यहरुमा आयोगबाट समन्वय र सहजिकरण हुने बताए।
  
https://www.nicasiabank.com/
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिव खोमराज कोइरालाले राष्ट्रिय योजना आयोगबाट तयार भइरहेको नेपालको दिर्घकालिन सोच र पन्ध्रौं योजनाको हालसम्मको तयारीका विषयमा संक्षिप्त प्रस्तुती दिएका थिए। प्रदेश योजना आयोगका उपाध्यक्षहरुले आ-आफ्नो प्रदेशमा नीति/योजना आयोगको गठन पश्चात भएका कामहरु र योजना तर्जुमामा हालसम्म भएका उपलब्धिहरु समेटिएको प्रतिवेदन समेत प्रस्तुत गरेका थिए।

कार्यक्रममा आयोगका सदस्यहरु, सदस्य सचिव, प्रदेश योजना आयोगका उपाध्यक्षज्यूहरु उपस्थिति रहेका थिए। 
 

प्रतिक्रिया