राप्रपाको चियापानमा जे देखियो (फोटो फिचर)

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/chiyapan_13.jpg

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय सभा गृहमा चियापान कार्यक्रम गरेको छ। 

अपरान्ह एक बजेदेखि तीन बजेसम्म भएको चियापान समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, संवैधानिक अंगका प्रमुखहरु, निजामती, जंगी सेवाका बहालवाला र पूर्व विशिष्ट पदाधिकारीहरु, विदेशी कुटनैतिक नियोगका प्रमुखहरु, आमसञ्चार माध्यम, नागरिक समाज र सामाजिक जीवनका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। 

राप्रपाले राष्ट्रिय एकता दिवसलाई पर्वका रुपमा मनाउन र सार्वजनिक विदा दिन सरकारसँग मागसमेत गरेको छ। राप्रपाले २०६४ सालदेखि हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम गर्दै आएको छ। 

सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन छोडेदेखि राप्रपाले राष्ट्रिय एकता दिवस मनाउँदै आएको छ। 




प्रतिक्रिया