गृह र अर्थमन्त्रीको पद धरापमा : चिठ्ठाले तय गर्दैछ भाग्य

badal_khatiwada.jpg

काठमाठौं- गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडाको मन्त्री पद कति समय टिक्छ भन्ने विषय चिठ्ठाले निर्धारण गर्ने भएको छ । 

संवैधानिक व्यवस्था अनुसार गर्न लागिएको गोलाप्रथाबाट राष्ट्रियसभा सदस्य थापा र खतिवडाको भाग्य निर्धारण हुने भएको हो । उनीहरु दुबैजना राष्ट्रियसभा सदस्य हुँदै मन्त्री बनेका हुन् । 

राष्ट्रियसभा सदस्यको कार्यकाल निर्धारण गर्नका लागि सोमबार गोलाप्रथा गरिदैछ । नेपालको संविधानमा गोलाप्रथालाई पनि निर्वाचन विधीको रुपमा अंगिकार गरिएको छ ।

संविधानको धारा ८६ अनुसार गोलाविधिद्वारा राष्ट्रियसभाका ५९ सदस्य मध्ये क-कसको कार्याकाल कति वर्षको हुने भन्ने टुङ्गो लाग्नेछ । 

https://www.nicasiabank.com/
१९ सांसदको दुई वर्ष, २० जनाको चार वर्ष र बाँकी २० जनाको ६ वर्ष कार्यकाल हुने गरी गोलाप्रथा गर्न लागिएको हो । प्रत्येक दुई वर्षमा राष्ट्रिय सभाका एकतिहाइ सांसदको कार्यकाल सकिने संवैधानिक व्यवस्था छ ।

यदि गोलाप्रथाबाट थापा र खडिवडा दुई बर्षे कार्यकाल भित्र परेभने उनीहरुको मन्त्रीपद  धरापमा पर्ने निश्चित छ । बढिमा उनीहरु साढे दुईवर्ष मात्रै मन्त्री बन्न पाउनेछन् ।

  मन्त्री भएका राष्ट्रिय सभाका सदस्यको कार्यकाल गोलाप्रथाबाट दुई वर्ष मात्रै भयो भने कार्यकाल सकिएको ६ महिनासम्म मन्त्री हुन सक्नेछन् । 

आजको गोलाप्रथाले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको कार्यकालपनि निर्धारण गर्नेछ । राष्ट्रिय सभाका अध्यक्षको कार्यकाल ६ वर्षअघि नै सकिए अर्को अध्यक्ष चयन गरिने कानुनविद् एवं राष्ट्रिय सभाका सांसद रामनारायण विडारीले नेपाल समयलाई जानकारी दिए । 

प्रतिक्रिया