प्रदेश १ : यी हुन् घरभाडा लोभ नगर्ने ६ सांसद

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/samsad_pradesh_1.jpg

इटहरी- वडा सदस्यदेखि राष्ट्रपतिसम्मले राज्यकोषबाट सकेजत्ति सहुलियत लिएर विवादित भइरहेका बेला प्रदेश १ का केही सांसदहरू भने घरभाडाबापत पाउने सुविधा नलिई उदाहरणीय बनेका छन् ।

मोरङ जिल्लाका ६ जना सांसदले राज्यबाट मासिक रूपमा घरभाडाबापत पाउने १५ हजार रुपैयाँ नलिएका हुन् ।  घरभाडा नलिनेमा नेकपाका २ र कांग्रेसका ४ सांसद छन् । उनीहरुले घरभाडाको रकम नलिएको संसद् सचिवालयको २०७५ मंसिरको तथ्यांकले देखाउँछ । 

घरभाडा नलिनेमा नेकपाका सांसदहरु यशोधा अधिकारी र सावित्राकुमारी रेग्मी छन् । यस्तै, नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की, कल्पनाकुमारी सरदार, चुमनारायण तबदार र विद्यानन्द चौधरीले घरभाडा लिएका छैनन् । 

प्रदेश १ संसद्मा मोरङबाट सामाजिक विकासमन्त्री जीवन घिमिरेबाहेक २२ जना सांसद छन् जसमा १६ जनाले घरभाडा लिँदै आएका छन् ।  उनीहरु सबै घरबाटै विराटनगरको प्रदेशसभा धाउँछन् । तर, घरभाडाबापतको रकम भने लिन्छन् । 

घरमै बसेर पनि घरभाडा लिने १७ सांसद

१. उपेन्द्रप्रसाद घिमिरे

२. कुलप्रसाद सम्बा

३. कृष्णकुमारी राई

४. गुलेफुन मिया

५. जयराम यादव

६. ज्ञानेश्वर राजवंशी

७. वसन्तीदेवी यादव

८. राजकुमार ओझा

९. लीलाबल्लभ अधिकारी

१०. लोकप्रसाद संग्रौला

११. विजयकुमार विश्वास

१२. बिन्दिया कार्की

१३. शान्तादेवी पौडेल

१४. शिवनारायण गन्गाई

१५. शेखरचन्द्र थापा

१६. सूर्यमाराज राई 

झापा र सुनसरीका घरभाडा लिँदै प्रदेश सांसद 

प्रदेश १ को अस्थायी मुकाम भएको जिल्ला मोरङसँगै आसपासका झापा र सुनसरीका सांसद पनि घरबाटै संसद् भवन धाउने गर्छन् । तर, उनीहरुले घरभाडाबापतको रकमचाहिँ लिँदै आएका छन् । प्रदेश १ मा सुनसरीबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियेतबाहेक  सभामुख र उपसभामुखसहित १३ जना सांसद छन् भने झापाबाट प्रदेश १ का गृहमन्त्री हिक्मत कार्कीबाहेक १४  सांसद  छन् ।  

घरबाट धाएरै घरभाडा लिने झापाका १४ सांसद 

१. अर्जुन राई

२. इन्दिरा राई

३. एकराज कार्की

४. ओमप्रकाश सराबगी

५. गोपालचन्द्र बुढाथोकी

६. जसमाया गजमेर विश्वकर्मा
https://www.nicasiabank.com/

७. झलकबहादुर मगर

८. पूर्णप्रसाद राजवंशी

९. बृखबहादुर प्रधान

१०. राधा थापा

११. रामचन्द्र लिम्बु

१२. वसन्तकुमार बानियाँ

१३. श्रीप्रसाद मैनाली

१४. हीराकुमार थापा

घरभाडा लिने सुनसरीका १३ सांसद

१. अगमलाल चौधरी

२. उमिता विश्वकर्मा

३. चन्द्रप्रसाद श्रेष्ठ

४. ज्योति सुब्बा

५. नवोदिताकुमारी चौधरी

६. प्रदीपकुमार भण्डारी

७. भीम आचार्य

८. महम्मद ताहिर मिया

९. राजीव कोइराला

१०. लिलम बस्नेत

११. सरस्वती पोखरेल

१२. सर्वध्वज साँवा लिम्बु

१३. सावित्री जोशी 

राज्यकोषबाट मासिक ६ लाख ४५ हजार खर्च

घरबाट धाएर घरभाडा लिने मोरङका १६, झापाका १४ र सुनसरी १३ गरी ४३ जना रहेका छन् । यसरी घर भाडाबापतको १५ हजार प्रतिव्यक्तिका दरले ४३ जनालाई राज्यकोषबाट मासिक खर्च ६ लाख ४५ हजार छ । 

यस्तो छ प्रदेश १ का सांसदहरुको तलबभत्ता सुविधा

‘प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी बनेको विधेयक’ २०७५ ले प्रदेश सांसदहरुको सेवासुविधा तोकेको छ । जसअनुसार प्रदेश सांसदहरुको मासिक पारिश्रमिक ४५ हजार रुपैयाँ छ । प्रदेश सांसदहरुले बिजुली÷सञ्चारबापत ३ हजार र घरभाडाबापत १५ हजार सुविधा पाउँछन् । 

   घरभाडाबाहेकका तलबसुविधा मासिक ४८ हजार हुन्छ । घरभाडासहित एकमुष्ट मासिक सुविधा भने ६३ हजार हुन्छ । यस्तै, प्रदेशसभा सदस्यलाई एक स्वकीय सचिवको पनि व्यवस्था छ ।  स्वकीय सचिवलाई सुब्बा सरह मासिक २३ हजार २ सय ६५ तलब हुन्छ । प्रदेश १ का ९३ जना सांसदमध्ये २१ जनाले परिवारका सदस्यलाई नै पिए बनाएका छन् । 



 

प्रतिक्रिया