सस्तो बन्दै सेलिब्रेटीका लागि सम्बन्ध विच्छेद

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/divorce_celeb_1_ns.jpg

काठमाडौं - केही समयपहिले साहित्यकार सरस्वती प्रतीक्षाले पूर्वपति ठाकुरप्रसाद पन्थसँग सम्बन्ध विच्छेद भएको चार वर्ष लागेको उपलक्ष्यमा सँगै बसेर लन्च गरेको तस्बिर आफ्नो फेसबुक वालमा पोस्ट गरिन्। उनले तस्बिर पोस्ट गर्दै लेखिकी थिइन्, ‘सम्बन्ध विच्छेदपछि आा–आफूले बाँचेको जीवनको समीक्षा पनि गरियो। सेलिब्रेट गर्न जान्यो भने सम्बन्ध विच्छेदसमेत एक उत्सव बनिदिँदो रहेछ।’ उनको यो स्ट्याटस सामाजिक सञ्जालमा भाइरल भयो।



त्यसको केही समयपछि मनोज गजुरेलकी पत्नी मीना ढकालले गजुरेलसँग सम्बन्ध विच्छेद भएको एक वर्ष पुगेको अवसरमा चियापान कार्यक्रम आयोजना गरिन्। उनले पनि फेसबुकमा मनोजसँग ‘डिभोर्स’ भएको एक वर्ष पुगेको अवसरमा आफू स्वतन्त्र भएको एक वर्ष भएको लेखेकी थिइन् । 



यतिबेला सञ्चारकर्मी रवि लामिछानेको सम्बन्ध विच्छेद चर्चामा छ। रविले पहिली पत्नीसँग सम्बन्ध विच्छेद गर्नुका साथै विदेशी मूलकी प्रेमिका (जसबाट सन्तानसमेत जन्मिएको छ) लाई धोका दिएर तेस्री पत्नीका रुपमा चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई भित्र्याउन लागेको समाचार बाहिरिएसँगै उनको वैवाहिक जीवन सतहमा आएको छ।  रविकी पूर्वपत्नी इशाले आफू अन्यायमा परेको बताउँदै आएकी छन् भने रवि सहमतिअनुसार नै सम्बन्ध विछेद भएको बताउँदै आएका छन्। 


यी त दुई महिनाको अवधिमा देखिएका प्रतिनिधि घटना मात्र हुन्। सम्बन्ध विच्छेद भएका सेलिब्रेटी खोज्दै जाने हो भने लामै सूची बन्छ।  

नायिका प्रियंका कार्की रोचक मैनालीसँग डिभोर्स गर्दै आयुषमान देशराजसँग सम्बन्धमा बाँधिइन्। सुस्मिता केसी भुवन केसीसँग सम्बन्ध विच्छेद गरेर एक्लो जीवन बिताइरहेकी छन्। नायिका रेखा थापा छविराज ओझासँगको सम्बन्धलाई विश्राम दिँदै एक्लो जीवन बिताइरहेकी छन्। 

नायिका सञ्चिता लुइँटेलले आकास शाहसँग सम्बन्ध विच्छेद गर्दै निखिलसँग सम्बन्ध जोडिन्। नायिका गौरी मल्लले प्रजोल भण्डारीसँगको सम्बन्ध तोडिन् र अहिले एकल जीवन बिताइरहेकी छन्। गायिका मौसमी मल्लले पनि धनविक्रम मल्लसँगको सम्बन्धलाई विश्राम दिँदै रवि डंगोलसँग सम्बन्ध जोडिन्। अहिले उनीसँग पनि सम्बन्ध विच्छेद गर्दै एक्लो जीवन बिताइरहेकी छन्। गायिका अन्जु पन्त मनोज राजसँगको सम्बन्धलाई पूर्णविराम दिँदै एकल जीवन बिताउँदै आएकी छन्। 

सम्बन्ध विच्छेद सेलिब्रेटी मात्र होइन अन्य आममानिसको पनि हुन्छ। तर, सेलिब्रेटी भएकै कारण उनीहरुको सम्बन्धले चर्चा पाउँछ र समाजमा एक खाले सन्देश पनि दिन्छ। आममानिस भन्दा सेलिब्रेटीहरुको नै सम्बन्ध विच्छेद बढी हुन्छ। यसको प्रमुख कारण हो विश्वासको कमी। 

सँगै जिउने र मर्ने भन्दै सम्बन्धमा जोडिसकेपछि बिस्तारै आपसी सहमति गुम्दै जानु र विश्वासको वातावरण सिर्जना नहुनुले सम्बन्धविच्छेद हुने हो। सम्बन्ध विच्छेद हुनु आफ्नो ठाउँमा छ। तर पछिल्लो समय सम्बन्ध विच्छेदलाई उत्सवकै रुपमा मनाउनु कति उययुक्त हो भन्ने प्रश्न उठ्न थालेको छ।

सरस्वती प्रतीक्षाले लेखेझैं उत्सवकै रुपमा मनाउने हो भने सम्बन्धमा बाँधिनु र छुटिनुको अर्थ के भन्ने प्रश्न उठ्छ। मीनाले झैं चियापान आयोजना गरेर डिभोर्सको चर्चा गर्ने हो भने त्यो चर्चा बटुल्ने मेसो भन्दा अन्यथा केही होइन भन्न सकिन्छ। यसले सेलिब्रेटीहरुको सम्बन्ध विच्छेद सस्तो बन्दै गएको भान समेत हुन थालेको छ।




प्रतिक्रिया