साराको कहाली लाग्दो कथा : एक रातमा २० जनासँग सुत्नु पर्‍यो

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Sarah_Forsyth.jpg

कुरा सन्  १९९० मध्य ताकाको हो।  १९ वर्षिया सारा फोरस्ती, कामको शिलशिलामा एम्सटरड्याम गएकी थिइन्।  त्यसपछि, उनको उत्तोपत्तो लागेन।  धेरैको आशंका उनी अपहरणमा परिन् भन्ने थियो। 

सात वर्ष पछि, सन् १९९७ मा उनलाई ‘डच’ प्रहरीले उदार पर्‍यो।  जीवनको त्यो काल खण्डमा उनले आफूले भागेका कहाली लाग्दा भोगाइ ‘स्लेभ गर्लमा’लाई बताएकी छन्। 

यस्तो थियो घटना 

सारा फोसाइत गेट्स्हेड, ट्यानिसाइटमा बस्दै आएकी थिइन्। स्थानीय नामी पत्रिकामा एक विज्ञापन देखिन्। विज्ञापन नर्सरी नर्सको लागि थियो।

साराले उक्त कामको लागि आवेदन गरिन्। उनी छानिन् पनि। १९ वर्षीया सारा, आफ्नो काम लागेकोमा निकै खुशी थिइन् भने एम्सडरड्याम जान तयार भइन्।

साइपोल अन्तराष्ट्रिय विमानस्थलमा उनलाई एक व्यक्ति रिसिभ गर्ने आए। उनी जोन रिसी  थिए। उनले कामको लागि भनिएको नर्सरी नभई एक अध्यारो हलमा लगे। त्यहाँ उनको कनचटमा बन्दुक राख्दै कराएमा मारिदिने धम्कि दिए।

त्यस पछि, उनलाई एम्स्डज ड्यामको रेड लाइट क्षेत्रमा लगियो। त्यहाँ उनलाई अनेक शारिरीक तथा मानसिम याताना दिइयो। उनले एक रातमा २० जना मानिससँग सुत्नु प¥यो। सारा जस्ता हजारौं युवतीलाई रोजगारीको बाहाना रेडलाइट एरियामा लगेर धन्दा गराइदो रहेछ। 

रातको पिडा एक तर्फ थियो भने अर्को तर्फ उनलाई मानिसलाई दर्दनाक रुपमा मारिने ‘स्नफ फिल्म’ देखाइन्थ्यो। जुन सत्य घटनामा आधारित हुन्छ। यसले उनलई मानसिक रुपमा पनि विक्षिप्त बनाएको थियो। 

उक्त कोठीमा रहेका जुन युवतिहरुको माग घट्दै जान्थ्यो तब उनीहरूको ‘स्नफ भिडियो’ बनाइन्थ्यो। जिउँदो हुँदा मात्र नभई मर्ने समयसम्म पनि उनीहरू बिक्छन्। 

उक्त ठाउँमा काम गर्दै गर्दा उनलाई त्यहाबाट युक्लोस्लोभाइएन भनिने व्यक्तिलाई बेचियो।  उनले, युक्लोस्लाोभाइएन मालिककोमा प्रति रात १८ जना ग्राहकसँग रात बिताउनु पथ्र्यो। 

जीवनको दुःख बिर्सनका लागि उनले ‘कोकिन’ को प्रयोग गर्न थालेकी थिइन्। हरेक रात कोकिनको सेवन गरेपछि, उनी आफ्नो शरीर ग्राहकहरूलाई सुम्पिन्थइन्।

त्यस समयमा, उनले दुखाई विर्सन ड्रगको प्रयोग समेत गर्नेगरेकी थिइन्। 

हामी ‘सेक्स स्लेभ’ थियौं। दास थियौं, आफ्नो शरीर अरूको प्रयोगशाला मात्रै बनाउनु पर्‍याे। एक नरकीय जीवन बिताएको कुरा द मिरर अनलाइनले उल्लेख गरेको छ।

कसरी भयो साराको उदार?

डच  पुलिस धेरै पटक सारासँग कन्ट्याक्टमा आएका थिए। सारा त्यो ठाँउबाट भाग्नु अघि नै पुलिससँगको सम्पर्कमा आएकी थिइन्। डच प्रहरी उक्त समूहलाई सन् १९९७ मा पक्राउ गर्न सफल भयो। सारालाई उद्धार पछि, केही समय सुरक्षाको लागि  बेल्जियममा राखिएको थियो। 

केही समय पछि, उनको आमासँग भेट भएको थियो। 

सुन्दा कुनै काल्पनिक फिल्म वा कुनै कथा भन्दा कम नरहेको साराको वास्तविक जीवन कहानी नै यही हो। 

हाल उनको जीवनशैली सुध्रिएको छ, भने ‘ड्रग’ को लतबाट पनि छुटेको छ। उनलाई  बन्दी बनाएर राखेका ग्याङगहरू पनि अदालतले दण्डित गरेको छ। आफ्नो जीवनको कथाव्यथालाई उनले आफ्नो किताब ‘स्लेभ गल’ को पुन : जारीमा बताएकी थिइन। 

कुनै काल थियो, जब काला जातिलाई दासको रूपमा राखिएको थियो तर, जब २० औं शताब्दीको उतरार्ध मै महिलालाई ‘सेक्स स्लेभ’ बनाइनु आश्र्य तथा अनौठो कुरा हो।




प्रतिक्रिया