हुम्लाको लिलीखेलमा आगलागी, १३ घर जले 

/assets/plugins/bower_components/fileman/Uploads/Images/Aago.jpg

हुम्ला- हुम्लाको चङ्खिली गाउँपालिका २ लिलीलेखला भएको आगलागीबाट १३ घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार आगलागीबाट मानविय क्षति भने भएको छैन । 

‘हिजो साँझ करिव ४ बजेतिर आगलागीको जानकारी आएको हो’ जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख रविन श्रेष्ठले भने ‘उद्धारका लागि प्रहरी घटनास्थल पुगेको छ तर क्षतिका एकिन विवरण भने आइपुगेको छैन ।’

घटनास्थलमा टेलिफोनले काम नगरेका कारण १३ घर जलेको तर क्षतिको सम्पूर्ण जानकारी आइ नपुगेको प्रहरीको भनाई छ । घटनास्थल सदरमुकामबाट करिव ९ घण्टा लाग्छ । घटनास्थलबाट प्रहरी सदरमुकाम आएपछि मात्रै क्षतिको विवरण खुल्ने प्रहरीले जानकारी दिएको छ ।

https://www.nicasiabank.com/
गतमा माघ १३ मा हुम्लाको रोडिमा आगलागी हुँदा ११ घर जलेको थिए । त्यसको एक हप्तापछि हुम्लाकै घटमानामा २८ घर जल्न पुगे । यसरी पछिल्लो समय कर्णालीका जिल्लामा श्रीखंलाबद्ध रुपमा आगलागीको घटना हुँदै आएका छन् । 

यही पुस ९ गतेमात्रै कालिकोटको न्यौपाने बाडामा लागलागीबाट बस्तीनै सखाप भएको थियो । खरले छाएका घरहरु र उद्धारमा ढिलाइका कारण आगलागीबाट कर्णालीले ठूलो क्षति व्यहोर्दै आएको छ ।
 

प्रतिक्रिया