टेलिकमको २१ अर्ब घोटाला प्रकरण -२ : उँटमा चढेर सञ्‍चारमन्त्रीको ‘डिल’ 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Gokul_Baskotaa_11.jpg

दुबईमा सप्लायर्ससँग डिल गर्ने क्रममा उँट चढेर रमाइलो गर्दै सञ्‍चारमन्त्री बाँस्कोटा र उनले महाप्रबन्धकमा नियुक्त गर्न लागेका डिल्लीराम अधिकारी।

काठमाडौं - नेपाल टेलिकमको फोरजी सेवामा २१ अर्ब रुपैयाँमा नजर लगाएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिसन पहिलादेखि नै सेटिङ मिलाएको रहस्य खुलेको छ। उनले दुई महिनाअघि दुबईमा पुगेर देखाएको चर्तिकलाले यसको पुष्टि गरेको हो। 

मन्त्री बाँस्कोटाले नेपाल टेलिकममा महाप्रबन्धक नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने बताउँदै आएका थिए। उनको गतिविधिले त्भने यो भनाइ देखावटीका लागि मात्र भएको पाइएको छ। मन्त्री बाँस्कोटा आफ्ना आदेशपालक डिल्लीराम अधिकारीलाई महाप्रबन्धक बनाउने तयारीमा छन्।टेलिकममा कार्यरतमध्येबाटै महाप्रबन्धकका लागि दरखास्त आह्वान गर्दा ११ जनाको निवेदन परेको छ।तीमध्ये नौ जना ‘सर्ट लिस्ट’ मा परेका थिए।उनीहरूसँग मंगलबार अन्तरवार्ता लिइसकिएको छ।
 नतिजा आउन भने बाँकी छ। अधिकारी दसौं तहका कर्मचारी हुन्।अन्तरवार्तामा एघारौं तहका गोकर्ण सिटौला र प्रदीप उपाध्याय सामेल भएका छन्। निवेदन दिनेमा पूर्व महाप्रबन्धक बुद्धि आचार्य पनि छन्।

मन्त्री बाँस्कोटाले सेटिङमा नियुक्त गर्न लागेका अधिकारीको नोकरी अवधि १६ वर्ष बाँकी छ।महाप्रबन्धकको कार्यकाल सात वर्षको हुन्छ।  टेलिकममा महाप्रबन्धक भएपछि फेरि नोकरीमा नफर्केने परम्परा छ। तर मन्त्री बाँस्कोटाको सेटिङमा फेरि नोकरीमा फर्कन सक्ने मापदण्ड बनाएका छन्। 

अधिकारीलाई महाप्रबन्धक बनाइएमा पहिलो दिनदेखि नै आन्दोलन गर्ने चेतावनी कर्मचारीले दिएका छन्।कर्मचारीहरू सुनिल पोखरेललाई महाप्रबन्धक नियुक्त गर्नुपर्ने पक्षमा छन्।पोखरेलले तीन विषयमा स्नातकोत्तर गरेका छन्।तर सञ्चारमन्त्री बाँस्कोटाको ‘खुराफाती’ मा परेर पोखरेलले दरखास्त दिनै पाएनन्।अधिकारी टेलिकममा पछिल्लो वरीयताका कर्मचारी हुन्।

थप पढ्नुहोस् ,  

टेलिकमको २१ अर्ब डुबाउने खेलमा सञ्‍चारमन्त्री बाँस्कोटा – १
गाेकुल बाँस्कोटाको निर्लज्जता : मन्त्री हुँदा पनि छाडेनन् सदस्यता 
ओलीको कमजोरी : ३० केजीका मन्त्री बाँस्कोटालाई क्‍विन्टलको भारी 



बाँस्कोटाले महाप्रबन्धक कामिनी राजभण्डारीलाई गत साउनमा हटाएका थिए।त्यतिबेलादेखि नेपाल टेलिकम नेतृत्वविहीन छ।

दुई महिनाअघि टेलिकमका अधिकारीसहितको टोली सामग्री सप्लायर्स कम्पनीसँग डिल गर्न दुबई गएको थियो।टोलीमा मन्त्री बाँस्कोटा आफैं पनि थिए। त्यसबेला मन्त्रीले सप्लायर्ससँग सीधै डिल गरेको टेलिकमका एक उच्च कर्मचारीले जानकारी दिए।  दुबई बसाइका क्रममा मन्त्री बाँस्कोटाले डिल्लीरामसँग निकै हिमचिम बढाएका थिए।फोटोमा सँगै उँट चढेर दुबई घुम्ने मन्त्री बाँस्कोटाले महाप्रबन्धकमा नियुक्त गर्न लागेका तिनै अधिकारी हुन्।अर्को तस्बिरमा पनि यी दुई हापप्यान्टमा उभिएका छन्।स्रोतका अनुसार यस्ता कार्यक्रममा मन्त्री जाँदैनन्।तर  कमिसनमा 'र्‍याल काड्दै' सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटा आफैं दुबई पुगेका हुन्।

टेलिकम नाफामा गएको मन्त्रीको दाबी झूटो

आव ०७४/०७५ को पहिलो त्रैमासिक रिपोर्ट हरियो घेरामा र आव ०७५/०७६ को पहिलो त्रैमासिक रिपोर्ट रातो
घेरामा करिब एक  अर्ब १० करोड कम्पनी घाटामा भएको देखाउँछ।

मन्त्री बाँस्कोटाले नेपाल टेलिकम ५० करोड रुपैयाँ नाफामा रहेको दाबी गरेका छन्।उनले नाफा घटेको समाचार अब कसैले सुन्न नपर्ने पनि बताएका छन्।नेपाल टेलिकमको आधिकारिक वेबसाइटमा विगत आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा यस वर्षको पहिलो त्रैमासिकमा एक अर्ब १० करोड रुपैयाँ घाटामा गएको विवरण छ। गत आर्थिक वर्षको पहिलो चौमासिकमा नेपाल टेलिकमको आम्दानी १० अर्ब ५८ करोड थियो। तर यो आार्थिक वर्षको पहिलो चौमासिक आम्दानी नौ अर्ब ४९ करोड छ। यो साउन, भदौ र असोजको आम्दानी हो। त्यतिबेला महाप्रबन्धक कामिनी राजभण्डारी पदमुक्त भइसकेकी थिइन्। 

 

टेलिकममा राजभण्डारी महाप्रबन्धक नियुक्ति हुँदा कम्पनीको घाटा ३४ करोड रुपैयाँ  थियो। राजभण्डारी हटेपछि कम्पनी नेतृत्वविहीन हुन पुग्यो। नेतृत्वविहीन भएको साउन, भदौ र असोजमा कम्पनीको घाटा बढेर एक अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। यो हिसाबले जाँदा टेलिकमको एक वर्षमा ५ अर्ब घाटा पुग्ने देखिन्छ। 

मन्त्री बाँस्कटोले भने दुबई भ्रमण गरेर फर्केलगत्तै कम्पनीमा ५४ औं वरीयतामा रहेका डिल्लीराम अधिकारीलाई नियुक्त गर्ने तयारी गरेका छन्।



प्रतिक्रिया