ढुक्क भएर लगानी गर्न व्यवसायीलार्इ प्रचण्डको आग्रह

/assets/plugins/bower_components/fileman/Uploads/post_images/December/Lumbini_Mahatosab_1.jpg

भैरहवा- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवासयीलार्इ ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्। 

बिहीबारदेखि भैरहवामा शुरु भएको सातौं लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले राज्यले निजी क्षेत्रलाई नेपालमा लगानीको गर्ने ढुक्क किसीमको वातवरण सृजना गर्ने ग्यारेन्टी गर्ने बताए। उनले भने ‘नेपालमा लगानी गरेपछि नाफा पनि राम्रो हुन्छ, उत्पादन र रोजगारी सृजना गर्न सक्छु भन्ने व्यवसायीलाई आत्मविश्वास गराउने जिम्मा राज्यको हो। हामी त्यही काममा जुट्दैछौं।’ 

अध्यक्ष प्रचण्डले यहाँका व्यवसायी ढुक्क भएपछि मात्रै विदेशी लगानी भित्रिने उल्लेख गर्दै उनले विदेशी ठूला ठूला लगानीकर्तासँग आफ्नो छलफल भईरहेको बताए। उनले भने , 'यहाँ समस्या छन्, विदेशी लगानीकर्ताहरुको फाइल रोकिएका छन्।  जुन घटना मार्मिक छन्। यसैले हामीले केही ऐन संशोधन गर्नुपर्दछ। लगानीको वातवरण भएपछि कर छल्ने प्रवृति पनि हटेर जान्छ।’

आगामी चार वर्षमा धेरै चिज परिवर्तन गरेर यहि संविधान र यहि संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था मार्फत समृद्धि र खुसी ल्याउने प्रचण्डको भनाई थियो।

उनले राजधानीको विषयमा तत्काल दश वर्षको लागि अस्थायी जहाँ छ, त्यसैलाई नै कायम राख्ने की भन्ने पार्टी र सरकारको मनसाय भएको बताए। उनले पाँच नम्बर प्रदेशको नामाकरणको सम्बन्धमा भने लुम्बिनी नै हुने जिकिर गरे।  

सो अवसरमा नेकपाका स्थायी कमिटी सदस्य तथा सांसद घनश्याम भुसालले कम्युनिस्ट सरकारले दुईतिहाईको अवसरलाइ सदुपयोग गर्नुपर्ने बताए। उनले राजा, कांग्रेस र पन्चायतले अवसर पाउदा पनि कुनै पनि रोजगारी सृजना नगर्दा सिद्धिएको जनाउदैं आफ्नो पाटि नेतृत्वको सरकारलाई पनि सचेतताका साथ काम गर्न आग्रह गरे।

उनले भने  ‘यतिबेला जनताका हरेक छोरा छोरीले सीप अनुसारको काम अर्थात दिन गनेर यो मुलुकमा जन्मेका छोराछोरीले जागिर पाउँछन् भन्ने ग्यारेन्टी पाउनु पर्दछ।’ छोटो समयमा बनेका कानुनहरु समाजवादतर्फ उन्मुख भएको उनको तर्क थियो। उनले राजधानी कहाँ बनाउने र उत्तेजित गराएर उचाल्ने काम साम्प्रादायिक हो भन्दै राजधानी तोक्ने काम प्रदेश सरकारको भएको बताए।

कार्यक्रममा नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक तथा पुर्वमन्त्री बालकृष्ण खाँणले सरकारको काम कारबाहीप्रति तिव्र असन्तुष्टी व्यक्त गरे। उनले भने, ‘हिजो राणाहरुसंग बन्दुक थियो, ठूला ठूला शक्ति थियो। हिजो पन्चयातसंग पनि ठूलो शक्ति थियो । हिजो राजा ज्ञानेन्द्रपनि दुईतिहाई थियो तर शक्ति टिकेन, त्यसैले ज्ञानेन्द्रपथको हुंकारले सत्ता चल्दैन। ’

कांग्रेसका प्रभावशाली नेता खाँणले प्रदेश राजधानी कहाँ राख्ने भन्ने विषयमा ठुला नेताहरु जे पायो त्यो नबोल्न पनि अनुरोध गरे। पुर्ववर्ती सरकारले सहि ठानेको रुपन्देहीलाई स्थायि राजधानी गराए कुनै असन्तुष्टि नहुने उनको जिकीर थियो।

कार्यक्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा पुर्वमन्त्री दिपक बोहराले जनतामा दुईतिहाईको त्रास फैलिएको आरोप लगाए। उनले प्रदेश नम्बर ५ को राजधानी रुपन्देही र नाम लुम्बिनी हुनु नै पर्ने बताए।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर अध्यक्ष किसन श्रेष्ठले अहिलेको अवस्था संवेदनशील रहेको बताए। उनले राज्यले उद्योगी व्यवसायीको पक्षमा अझै धेरै काम गर्नुपर्ने पनि बताए । प्रतिनिधी सभाका सदस्य प्रमोद कुमार यादवले व्यवसायीहरुलाई बैंकहरुले अफ्ठयारोमा पारेको बताए। उनले बैंकहरुले राज्यको संरक्षणमा मनोमानी ढंगले ब्याज बढाएर व्यवसायीलाई हतोत्साहि गराउने गरेको बताए। 

कार्यक्रममा प्रदेश सांसद माधव शर्माले मेला महोत्सवले आर्थिक चलायमानमा भूमिका खेलको बताए। अर्का प्रदेश सांसद सन्तोष पाण्डेले लुम्बिनी नै केन्द्रमा राखेर सरकारले पर्यटन योजना बनाएर अगाडी बढेमा मुलुक समृद्ध हुने बताए।

सो अवसमार महोत्सव मूल आयोजक संस्था सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानले राज्यले व्यवसायीका फर्महरु विलम्ब शुल्क तिरेर नविकरण गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले भैरहवामा मेला महोत्सव गर्न जग्गा अभाव भएकोले सो कार्यमा सहयोग गरिदिन पनि आग्रह गरे।

संघका महासचिव नेत्र प्रसाद आचर्यको सन्चालनमा सम्पन्न उक्त समारोहमा सिद्धार्थनगरका प्रमुख हरि प्रसाद अधिकारीले नगरलाई औद्योगिक, व्यापारीक र पर्यटकीय नगरको रुपमा विकास गर्नेगरी अगाडी बढीरहेको बताए।

बिहीबारदेखी सन्चालित सातौं लुम्बिनी राष्ट्रिय महोत्सव २०७५ (कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला) मा रानिमहल र मायादेवी मन्दिर जस्ता ऐतिहासीक सम्पदाको आकर्षक अस्थायी संरचना टेन्ट सामग्री मार्फत बनाइएको छ।



प्रतिक्रिया