कर्मचारी भन्छन् समयमै अयोजना नबन्नुको कारक नेता

/assets/plugins/bower_components/fileman/Uploads/post_images/December/sarokar_samiti.jpg

काठमाडौं- राष्ट्रिय गौरवका आयोजना समयमै बन्न नसक्नुमा राजनैतिक दलका नेताहरु नै जिम्मेवार रहेको आरोप उच्च कर्मचारीहरुले लगाएका छन्। सरकार तथा राजनैतिक दलका नेताहरुले कर्मचारीहरुको कारण समयमै विभन्न ठूलासाना आयोजनाहरु बन्न नसकेको दोष लगाइरहदा कर्मचारीहरु भने त्यसको दोष नेताहरुलाई लगाउछन्।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बिहीबार बसेको बैठकममा नेता र कर्मचारीहरुबीच जुहारी चलेको छ। बैठकमा सांसदहरुले अयोजनाहरु समयमै पुरा हुन नसक्नु कर्मचारीहरु दोषि भनिरहँदा प्रतिउत्तरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुधन अधिकारीले राजनैतिक नेताहरुकै कारणले अयोजनामा समस्या आएको बताए।

आयोजनाका इन्जिनियर तल र राजनीतिमाथि परेको कर्मचारीहरु बताउदै आएका छन्। नेताहरुले आयोनाहरुको पूर्वतयारीनै नगरि आयोजना पार्ने गरेको सचिव अधिकारीको भनाइ छ। ‘प्राबिधिक रुपमा अयोजनाको अध्ययन गरिन्दैन, पूर्बाधार निर्धारण गरिन्दैन, लेखाजोखा गरिन्दैन सिधै आयोजना पारिन्छ,’ उनले भने ‘जुन कारण पहुँचवलाको ठाउमा आयोजनै अयोजना पर्छ। कमजोरहरुले पार्न सक्दैनन्’त्यस्तो अयोजनाहरु समयमै सम्पन्न नहुने कर्मचारीहरुले खुलासा गरे।

यसैबीच सांसदहरुले भने आयोजना नबन्नुमा कर्मचारीहरु लगायतलाई दोष देखाएका छन्। सांसदहरुको एउटै धारणा थियो। सचिव तथा कर्मचारीहरुले आयोजनाहरु  समयमा सम्पन्न हुने सही सूचना नदिएको बताउछन्।

कर्मचारीहरुले दिने गलत सूचनाले गर्दा नेताहरुमाथिको विश्वास टुट्ने भन्दै यसको दोष कर्मचारीहरुले लिन पर्ने उनीहरुको धारणा छ।

त्यस्तै बैठकमा अधिकांश गौरवका सडक अयोजनाहरु अगामी चार वर्षभित्र सम्पन्न गर्ने भन्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महाशेठले घोषणाप्रति सांसदहरुले अविश्वास जनाए। मन्त्री महाशेठले आगामी चार वर्षभित्रमा राष्ट्रिय गौरवका आयोजना भित्र रहेका सडकहरु हुलाकी राजमार्ग, उत्तरदक्षिण(कोशी) लोकमार्ग, उत्तर दशिण (कालीगण्डकी कोरिडोर) लोकमार्ग, उत्तर दशिण(कर्णाली) लोकमार्ग लगायतलाई पूर्णता दिइने बताए।

पोखरा बेनी जोमसोम केरला सडक दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको भन्दै किमाथांका नाकालाई जोड्न सडक निर्माणको काम समेत द्रुत गतिमा अघि बढेको जानकारी दिदै उनले भने,‘आगामी पाँच वर्ष मेरो कार्याकाल अबधिमा छदेखि आठ हजार किलोमिटर सडक निर्माण सम्पन्न गछु।’

सांसद रामप्रित यादवले दशकौं वर्षमा निर्माण हुन नसकेको अयोजनाहरु चार वर्षमा सम्पन्न भने जस्तो सजिलो नरहेको बताए।

त्यस्तै अर्का सांसद झर्ना खतिवडाले उपत्याकाका ठूलठूला खाल्डाखुल्डी पूर्न नसकेको अवस्थामा चार वर्षमा अधिकांश सडक अयोजना सम्पन्न गर्ने घोषणा पत्याइहाल्न नसकिने बताइन्।

सांसद सुरेन्द्रराज पान्डेले पछिल्लो समय मन्त्रीहरुले कामको सट्टा गफ मात्रै गर्ने गरेको बताए। कर्मचारीहरुले पनि अयोजनाको वास्तविक जानकारी दिनु पर्ने भन्दै गलत जानकारी दिए त्यसको दोष कर्मचारीहरु स्वयमले लिनुपर्ने उनको बुझाइ छ। 
 




प्रतिक्रिया