काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाईज क्लब र मछिन्द्र क्लबले बराबरी खेलेका छन् । बिहिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा ब्रिगेड र मछिन्द्रले गोलरहित बराबरी खेलेका हुन् ।
दुबै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दुबै टोलीले खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । खेल दौरान पाएको केहि मौका दुबै टोलीले गुमाउदा खेलमा कुनै गोल हुन सकेन ।
पहिलो हाफमा ब्रिगेडले हावि देखिएको थियो । पहिलो हाफमा ब्रिगेडले उत्कृष्ट अवसर सिर्जना गरेको थियो । तर, ति अवसरलाई गोलमा परिणत गर्न सकेन् । खेलको ४५ औं मिनेटमा ब्रिगेडका कैलाश बस्नेतको हेड पोलमा लागेर फर्किएको थियो ।
कैलाशले ऋतिक खड्काको पासलाई सदुपयोग गरेपनि पोलमा लाग्दा ब्रिगेड जित निकाल्नबाट चुकेको थियो । बराबरीसँगै ब्रिगेडले ६ खेलबाट ४ अंक जोडेको छ भने मछिन्द्रले ६ खेलबाट ३ अंक जोडेको छ ।