निर्मलाको न्यायका लागि सडकमै सुते महिला

/assets/plugins/bower_components/fileman/Uploads/post_images/December/Women_road_Nirmala.jpg

धनगढी- बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका लागि न्याय माग्दै कञ्चनपुरका महिलाहरु आँखामा कालोपट्टी बाँधेर सडकमा सुतेका छन्। 

निर्मला हत्या प्रकरण भएदेखि नै न्याय माग्दै विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएका महिला अधिकारकर्मीसहितका स्थानीय महिला सडकमा सुतेका हुन्। 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुलगेट अगाडीको सडकमा मंगलबार दिउँसो आँखामा कालोपट्टी बाँधेर महिलाहरु सुतेका हुन्। सुतेर धर्ना दिने कार्यक्रम अहिले पनि जारी छ। 

यसअघि मंगलबार नै जिल्ला प्रशासन अगाडी उनीहरुले धर्ना समेत दिएका थिए। उनीहरुले निर्मलाको तस्बिरसहित ‘सरकार भेटियो न्याय भेटिएन’ लेखिएको पप्पलेट पनि शरिरमा टाँसेका छन्। 

निर्मलाको हत्या भएको चार महिना पुग्दा समेत प्रहरीले हत्यारा सार्वजनिक नगरेको भन्दै कञ्चनपुरसहित देशभर विरोध प्रर्दशन भइरहेको छ। निर्मलालाई न्याय दिन नसकेको भन्दै पछिल्लो समय सरकारप्रति तिव्र आक्रोस बढेको छ।   



प्रतिक्रिया