हेर्नुहोस् भ्यास्लिनको जेल बनाएर सजिने ३ वर्षे बालक

/assets/plugins/bower_components/fileman/Uploads/post_images/November/baby_vaslin.jpg

बाल स्वभाव कति अनौठो । उनीहरुले अरुले गरेको कामको सिको गर्दै कुन हदसम्म पुग्न सक्छन भन्ने उदाहरण बनेका छन् ३ वर्षका लुकास थोमस । टेलिभिजमा आफूभन्दा ठूलाले बनाएको हेयर स्टाइलको कपि गर्न थोमसले छालालाई मुलायम बनाउन लगाउने क्रिम भ्यास्लिनको प्रयोग गरे । अरुले जेल लगाएका देखेका उनले भ्यास्लिन लगाएर स्टाइलिस बन्न खोजे । 

छोराको यो चर्तिकला जब आमा जेमिली सेटेवार्टकले देखिन तब चकित बनिन् । छोराले टाउकोमा लगाएको भ्यास्लिन हटाउन उनलाई २३ पटकसम्म नुहाउनु परेको थियो । 

विद्यालय भर्ना गरेका थोमसको उक्त दिन नर्सरीको कक्षा लिने पहिलो दिन थियो । पहिलो दिन नै स्टाइलिस बन्न खोजेका उनको टाउकोमा रहेको भ्यास्लिन हटाउन जेमिलीले पीठोको प्रयोग गर्नुपरेको थियो ।

पीठोको प्रयोगले उनको कपाल ‘टुथपेस्ट’ जस्तो ‘पेस्ट’ भयो । पेस्ट हटाउनका लागि उनले ६ घण्टा निरन्तर स्याम्पु, कन्डिसनर, वासिन्ङ पाउडरले छोरालाई नुहाउनुपरेको थियो । 

नुहाइदिने क्रममा, जेमिलीले छोराको कपालभन्दा पनि कुनै चिल्लो ‘प्यान’ सफा गर्ने लागेको जस्तो भएको बताएकी युकेबाट प्रकाशित मिरर अनलाइनले उल्लेख गरेको छ ।

चाँडो भ्यास्लिन हटाउने उनको अनेकन प्रयास विफल भएपनि जेमिलीले २३ औँ पटकसम्म स्याम्पु लगाउँदै काँइयो कोर्नु परेको थियो । तर, भ्यास्लिन पूर्ण रुपमा हटेको छैन ।




प्रतिक्रिया