हामी छिट्टै परिणाम दिन्छौं: उर्जामन्त्री पुन  

/assets/plugins/bower_components/fileman/Uploads/post_images/November/SCAF_Nepal_1.jpg

काठमाडौं- उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले सरकारको मुख्य प्राथमिकता विकास र समृद्धी भएको बताएका छन्। स्क्यापको २८ औं वार्षिकोत्सवमा मंगलबार बोल्दै मन्त्री पुनले अबको गन्तव्य नै विकास भएको दोहोर्‍याए।
 
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले दिर्घकालिन योजना बनाएर काम गरिरहेको भन्दै त्यसलाई सफल पार्न सबैको सहयोगको आवश्यकता रहेको बताए।
 
‘सम्माननिय प्रधानमन्त्रीज्यूले दिर्घकालिन योजना बनाएर काम गरिरहनुभएको छ, अहिले नै सरकारले काम गरेन भन्ने कुरा सहि होईन, हामीले यसबीचमा थुप्रै प्रशासनिक र कानुन बनाउने काम गरेका छौं, छिट्टै देखिने गरी अरु काम हुन्छ’, कार्यक्रममा बोल्दै मन्त्री पुन भने।
 
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य समेत रहनुभएका मन्त्री पुनले आफुहरु राज्यको शासन गर्ने तरीका नै बदल्ने गरी काम गरिरहेको दाबी गरे। विगतमा सरकार अस्थिर हुँदा विकास निर्माणमा असर परेको भन्दै मन्त्री पुनले वर्तमान सरकारको सम्पुर्ण ध्यान देशको विकास र समृद्धीका लागी जाने बताए। उहाँले वर्तमान सरकार पाँच वर्षका लागी चुनिएको भन्दै सरकारले गरेका कामको परिणाम छिट्टै निस्कने धारणा समेत उनले राखे।
  
‘म कसैलाई पनि व्यक्तिगत रुपमा आरोपित गर्न चाहन्न,तर हामी सवैले विगतजस्तो अस्थिर सरकार हो काम नगरे पनि हुन्छ भन्ने नसोचौ, यो सरकार स्थायी सरकार हो। हामीले मुलुकका लागी आ-आफ्नो ठाउंबाट योगदान दिनैपर्छ', मन्त्री पुनले भने। 

उहाले धेरैले अरुलाई आरोपित मात्र गर्ने तर,आफुलाई प्राप्त जिम्मेवारी पुरा नगर्ने प्रवृतिले समस्या उत्पन्न भएको बताए। मन्त्री पुनले विगतका सरकारले मुलुकमा विकासको जग वसाल्न नसकेको प्रशंग उल्लेख गर्दै वर्तमान सरकारले विकासको जग बसाल्न खोजेको दावी गरे।

कार्यक्रममा उहाले उर्जामन्त्रालयले जलविद्युत र सिंचाई क्षेत्रका ठुला आयोजनाहरु अघि बढाउने तयारी गरिरहेको भन्दै त्यसबाट देश विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले देश विकासको चालक शक्ति उर्जा र सिंचाई भएको भन्दै त्यसमा आफुले परिणाम दिने गरी काम गरिरहेको दाबी गरे।
 
मन्त्री पुनले ८ मेगावाट दुधकोशी जलविद्युत आयोजना अघि बढाउने तयारी भएको भन्दै त्यसबाट उत्पादन हुने विजुली भारत र बंगलादेशलाई बेच्ने जानकारी समेत दिए। 



प्रतिक्रिया