रोनाल्डोले युभेन्टस च्याम्पियन्स लिगको दाबेदार : बार्सा प्रशिक्षक भाल्भर्डे 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/October/cristiano_ronaldo.jpg


ऐजेन्सी- इटालियन क्लब युभेन्टस युरोपियन च्याम्पियन्स लिग उपाधिको बलियो दाबेदार रहेको स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले बताएका छन् । उनले पोचुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो युभेन्टस भित्रिनुले युभेन्टस थप बलियो भएको बताएका हुन् ।  

अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग कुरा गर्दै भाल्भर्डेले युभेन्टसलाई आफूले बलियो उपाधि दाबेदारका रूपमा लिएको बताएका थिए । ‘युभेन्टस निकै बलियो टिम हो, उनीहरूसँग युरोपकै उत्कृष्ट रक्षापंक्ति छ,’ भाल्भर्डेले भने, ‘मेरो विचारमा उनीहरू च्याम्पियन्स लिग उपाधिको बलियो दाबेदार हुन् ।’

भाल्भर्डेले क्रिस्टियानो रोनाल्डोको अनुबन्धपछि युभेन्टस झन् बलियो भएको बताए । ‘अहिले उनीहरूको टोलीमा च्याम्पियन्स लिगका सर्वाधिक सफल खेलाडी रोनाल्डो छन्,’ उनले थपे, ‘पाँचपटक च्याम्पियन्स लिग जितेको खेलाडी भएको टोलीलाई कमजोर ठान्ने गल्ती गर्नु हुँदैन ।’ 

यस सिजनको च्याम्पियन्स लिगको समूह ‘एच’मा रहेको छ । समूहको कुनै पनि खेल नगुमाएको युभेन्टस तीन खेलमा तीन जित सहित ९ अंकका साथ शिर्ष स्थानमा छ । त्यस्तै तीन खेलनै खेलेको म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा रहेको छ । म्यानचेस्टरले एक खेलमा जित, एक खेल बराबरी र एक खेलमा पराजय भोग्दै चार अंकका साथ समूहको दोस्रो स्थानमा छ । 
 



प्रतिक्रिया