भिलेन बन्दै निखिल उप्रेती

/assets/plugins/bower_components/fileman/Uploads/Images/2018/September/vilen_1_.jpg

निखिल उप्रेतीको अभिनय रहेको  ‘भिलेन’ फिल्मको पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक दुवै पोस्टरमा नायक निखिललाई मात्र देखाइएको छ । 

यो फिल्ममा शिल्पा पोखरेल, निशा अधिकारी, कपिल क्षेत्री अनाखि कलाकार रहेका छन् । पौष २७ देखि रिलिज हुन गइरहेको ‘भिलेन’ फिल्मको निर्देशन देवेन्द्र पाण्डेले गरेका हुन् । त्यस्तै,  फिल्ममा बसन्त सापकोटा, लालबाबु बराल र बाबु गिरीको संगीत छ ।

भिलेन एक एक्सन प्रधान फिल्म हो । यस फिल्मका द्वन्द्व निर्देशक शुक्रराज शाह हुन् । 

निखिल उप्रेतीले नेपाली फिल्म उद्योगमा एक्सन हिरोको छवि बनाएका छन् । लामो समयका अन्तराल पछि उनी पुन फिल्म क्षेत्रमा देख्दा पर्न थालेको छन् ।  यस अघि उनले ‘रुद्र’, ‘पिंजडा ब्याक अगेन’, ‘भैरव’ एक्सन फिल्म लिएर दर्शकमाझ देखा परेका थिए ।




प्रतिक्रिया