सुर्खेतबाट साढे ५ लाखसहित चौध जुवाडे पक्राउ

/assets/plugins/bower_components/fileman/Uploads/Images/juwade_pakrau.jpg

सुर्खेत- प्रहरीले रु पाँच लाख ४८ हजार नगदसहित सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाबाट १५ जुवाडेलाई पक्राउ गरेको छ । 

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सोमबार वीरेन्द्रनगर नगरपालिका- ३ बाट ६ जना तथा वडा नं ११ बाट आठ जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ परेकाबाट रु पाँच लाख ४७ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । 

पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखि अनुसन्धान थालेको प्रहरीले जनाएको छ । प्रहरीले सामाजिक अपराधसम्बन्धी चेतनामूलक कार्यक्रम गाउँबस्ती र टोलटोलमा सञ्चालन गरिरहेको छ । 




प्रतिक्रिया