स्वास्थ्यलाई चुस्त दुरुस्त बनाउन चिसो मौसम

/assets/plugins/bower_components/fileman/Uploads/post_images/November/soope.jpg

जाडो मौसम स्वस्थ रहन सबैभन्दा उपयुक्त समय हो । मौसम परिवर्तनसँगै स्वास्थ्यलाई चुस्त र दुरुस्त बनाउन खानामा केही फेरबदल गर्न जरुरी छ । 

स्वास्थ्य सम्बन्धि सचेत रहने व्यक्तिको लागि जाडो मौसम चुनौतीले भरिपुर्ण हुन्छ । चिसो मौसममा व्यायाम र खानामा तालमेल मिलाउन सकियो भने स्वस्थ र शरीरलाई आराम पुग्छ । व्यायाम र यस्तो खानाको प्रयोग गर्दा राम्रो हुन्छ जुन कम मात्रामा खाए पनि शरीरमा उर्जा थप्ने र क्यालोरी वढाउने हुँदैन् । 

चिसो मौसमका उपयुक्त खाना

बिहानको खाजाले शरीरमा उर्जा थप्ने काम गर्छ। खाजामा अण्डा, फलफुल सलाद, ओट्स, बे्रड र तातो दुध खाँदा स्वास्थलाई फाइदा पुग्छ।

हरियो सागपातको धेरै प्रयोग

खानामा हरियो सागपात, तातो दाल, वन सुप र ताजा दही खान सकिन्छ । हरियो सागपात र अचारले मल्टिभिटामिनको कमी पुरागर्छ । 

रातमा स्वादिष्ट खाना

जाडो मौसममा राति जति छिटो खाना खाइन्छ त्यति नै शरीरलाई फाइदा गर्छ । तर दिउँसो खाइने खाजाभन्दा रातिको खाना हल्का हुनुपर्छ। रातको खानामा खिचडी र सादा खानाको प्रयोग राम्रो हुन्छ । 

राति सुत्नुअघि कमसेकम तीन/चार घण्टा पहिले खाना खाइसक्नुपर्छ । जसले शरीरको पाचनशक्ति बलियो बनाउँछ । तातो दुधमा हल्दी वा अदुवा मिसाएर सुत्नुअघि खानु अझै लाभदायी मानिन्छ । 

मसलेदार खानाको प्रयोग 

खानामा मिठास र स्वाद थप्न प्याज लसुन, अदुवा र धनियाँ मिसाउनु उपयोगी हुन्छ । खानामा स्वाद थप्नुसगैं यसले इम्युनिटी पावर वढाउने काम गर्छ। मसलाको रुपमा प्रयोग गरिने बेसारलाई विभिन्न परिकारमा थप स्वाद थप्ने विशेष चिजको रुपमा लिइन्छ । जसले खानामा स्वादको साथै रङ्ग दिने काम गर्छ । 

व्यायाम तालिका

जाडोमा दिँनहु व्यायाम गर्न सकिँदैन् । हप्ता एकदिन व्यायाम गर्दा पनि शरीरमा उर्जा थप्न सजिलो हुन्छ । व्यायाम गर्दा एक्लैभन्दा पनि साथीसँगै हुँदा प्रोत्साहन मिल्छ र गाह्रो महसुस कम गर्न सकिन्छ । यसरी व्यायामको तालिका बनाई व्यायाम गर्न सकिन्छ । 

हर्बल चियाको प्रयोग

बजारमा विभिन्न किसिमका हर्वल चिया पाइन्छ जसले स्वस्थ राख्न मद्दत गर्दछ । कागती र क्यामोमाइल (एक प्रकारको फूल)ले उदासीनता र व्याकुलता हटाएर तनाब मुक्त गर्छ । 
तातो सुप र दुधले शरीरलाई थकान मुक्त गरी शरीरलाई आराम दिन्छ । 

भिटामिनको भरपुर प्रयोग

खानामा भिटामिन सिको मात्रा धेरै राखेमा चिसोबाट बच्नुका साथै रुघाखोकी लाग्दैन। भिटामिन डीको प्रयोगले हड्डीलाई बलियो बनाउने काम गर्छ। यसका साथै भिटामिन डीले भिटामिन ए, आइरन र क्याल्सियमको मात्रा पनि वढाउने काम गर्छ । 




प्रतिक्रिया