संसारभर युट्युब डाउन !

/assets/plugins/bower_components/fileman/Uploads/post_images/October/Youtube_Down.jpg

काठमाडौं- नेपाललगायत संसारको विभिन्न मुलुकमा युट्युबमा समस्या देखिएको छ। युट्युबको अनलाइन स्ट्रिमिंगमा समस्या देखिएको हो।

युट्युबमा भिडियो हेर्न वा भिडियो अपलोड गर्न खोज्दा इन्टरनल सर्भर एरर भन्ने संदेश देखिएको छ।

युट्युबले समस्या समाधानको प्रयास जारी रहेको भन्दै समाधान भएलगतै जानकारी गराउने बताएको छ। टुइटरमा संदेश जारी गर्दै युट्युब, युट्युब टिभी र युट्युब संगीतमा समस्या आएकोमा ध्यानाकर्षण गराउनुभएको धन्यवाद भन्ने सन्देश सम्प्रेषण गरिएको छ। असुविधाको लागि खेद प्रकट गर्दै समाधानको प्रयास भइरहेको युट्‍युवले जनाएको छ।

गत महिना उतरी अमेरिका, युरोप र उतरी अफ्रिकामा फेसबुकमासमेत यस्तै समस्या देखिएको थियो।

 



प्रतिक्रिया