१४ करोड लगानीमा कान उपचार अस्पताल

/assets/plugins/bower_components/fileman/Uploads/post_images/October/Roongta_Welfare_Society_Ear_care.jpg

रुंगटा वेलफेयर इयर केयर सेन्टर, वीरगंजको नवनिर्मित भवन (तस्वीर सौजन्य: इम्प्याक्ट नेपाल)
 
वीरगंज- कान सम्बन्धी रोगको उपचारमा ख्याती कमाएको इम्प्याक्ट नेपालले महानगरमा कान रोग उपचार केन्द्र संचालनमा ल्याएको छ।

रुंगटा वेलफेयर कान रोग उपचार केन्द्रमार्फत् इम्प्याक्ट नेपालले श्रवण शक्ति गुमाएका र कमजोर श्रवण शक्ति भएका बिरामीलाई लक्षित गर्दै उपचार सेवा शुरु गरेको हो। 

महानगरको वडा नम्बर १४ बहुअरीमा गण्डक नहर सडक खण्ड नजिकै गैर नाफामूलक संस्था इम्प्याक्ट नेपालले चारतल्ले अस्पताल भवन निर्माण गरेको हो ।

निर्माण कार्य शुरु गर्दा करिब १४ करोड रुपैयाँमा अस्पताल निर्माण गर्ने घोषणा गरिएपनि निर्माण सामाग्रीको मूल्य वृद्धिले निर्माण लागत अझै बढ्ने इम्प्याक्टले जानकारी दिएको छ । इम्प्याक्टले स्वदेशी र विदेशी दातृको सहयोगमा नेपालमा अस्पताल, विद्यालय भवन र विपन्न समुदायमा शौचालय समेत निर्माण गर्दै आएको छ।

अस्पताल निर्माणको लागी रुंगटा समूहद्वारा प्रवद्र्धित रुंगटा वेलफेयर सोसाइटीले २ करोड रुपैयाँ मूल्य बराबरको पौने पाँच कठ्ठा क्षेत्रफल जग्गा दान गरेको हो। 

यहाँ कान उपचार सेवाको आवश्यक्ता देखिएपछि इम्प्याक्ट नेपालले अस्पताल खोल्ने इच्छा जनायो, रिलिफ सोसाइटीका गणेश लाठले भने,हामीले पहल गरेपछि रुंगटा वेलफेयरले जग्गा उपलब्ध गरायो।

अस्पताल निर्माणको योजना कार्यान्वयनमा ल्याउन सम्भव भएको हो। सन् २०१६ देखि इम्प्याक्ट नेपालले स्थानीय उद्योगीद्वारा प्रवद्र्धित रिलिफ सोसाइटी अफ कमर्शसँगको सहकार्यमा आदर्शनगरमा कान उपचार क्लिनिक संचालन गर्दै आएको छ।
  
अस्पताल निर्माण र संचालनको सबै जिम्मेवारी इम्प्याक्टले नै लिएको छ, रुंगटा वेलफेयरको कोषाध्यक्ष सुरेश रुंगटाले नेपाल समयसँग भने,हामीले आवश्यक सहजीकरण गरिरहेका छौं। 

यो अस्पतालमा बहिरंग, श्रवण क्षमता जाँच यन्त्र, कानको जालीको अवस्था जाँच्ने, श्रवण शक्तिको जाँच, शल्यकृयालगायतको सेवा उपलब्ध रहेको इम्प्याक्टले जानकारी दिएको छ । अस्पतालको संचालनबाट पर्सा,बारा र रौतहटका बिरामीले प्रत्यक्ष लाभ पाउने छन् । इम्प्याक्टले अस्पतालले सेवा शुरु गरेपनि निर्माण कार्य जारी रहेकोले पूर्णरुपमा संचालनमा आउन केही महिना अझै लाग्ने जानकारी दिएको छ।

गत चैतदेखि असोज पहिलो सातासम्म संचालन गरेको निःशुल्क कान उपचार शिविरमा फेला परेका २१२ जनाको कानको सहुलियत शुल्कमा शल्यकृया गरिएको इम्प्याक्ट नेपालको आधिकारिक वेभसाइटमा उल्लेख छ। इम्प्याक्टका अनुसार नेपालमा कूल जनसंख्याको १७ प्रतिशत पूर्ण वा आंशिकरुपमा श्रवण शक्ति कमजोर छ।

 



प्रतिक्रिया