रनवेबाट चिप्लिएर समुद्रमा खस्यो विमान

/assets/plugins/bower_components/fileman/Uploads/post_images/September/Plane_Crash_Papua_New_Gunia.jpg

काठमाडौं- एयर न्युगिनीको ७३७-८०० यात्रुवाहक विमान चुक अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर माइक्रोनेसियाको समुद्रमा खसेको छ। 

३६ यात्रु र चालक दलका ११ सदस्यसहित पपुवा न्युगिनीका लागि उडेको विमान समुद्री किनारमा तैरिरहेकोजस्तो देखिन्छ। उक्त दुर्घटनामा परी घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले रोयर्टसलार्इ जनाएको छ। अन्य यात्रुलार्इ सामान्य चोटपटक लागेको जनाइएको छ।
Map showing key locations in Micronesia and Papua New Guinea

दुर्घटनालगत्तै यात्रुहरूलार्इ नजिकै रहेका २० वटा डुंगाबाट उद्धार गरिएकोले मानवीय क्षती हुन नपाएको बीबीसीले जनाएको छ। 

उक्त जहाज माइक्रोनेसियाको पोहन्पेइ टापुबाट पपुवा न्युगिनीको राजधानी मोर्जबीका लागि उडेको थियो। तर, खराब मौसमका कारण उडानमा समस्या आएपछि माइक्रोनेसियाको वेनो टापुमा आकस्मिक अवतरण गर्न खोज्दा चिप्लिएको बीबीसीले जनाएको छ। 

जहाज आकस्मिक अवतरण गर्न खोज्दा वर्षाका कारण धावनमार्ग नदेखिएपछि चिप्लिएको बीबीसीमा उल्लेख छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेकोसमेत अधिकारीहरूले जनाएका छन्। 

Air Niugini plane in the water off Weno, Chuuk, MicronesiaPeople in small boats around the plane in the waterAir Niugini plane in the water off Weno, Chuuk, Micronesia
locals approaching the crashed Air Niugini aircraft on the remote Island of Weno, in Micronesia.locals approaching to rescue passengers of the crashed Air Niugini aircraft on the remote Island of Weno



प्रतिक्रिया