मध्यरातमा जब म 'रेडलाइट' छिरें

Red_Light_Area_America_ns.jpg

जब म आर्मस्टर्डमको रेडलाइट एरियामा रातको ११ बजे आठ जना साथीहरूसँग हिँडें। लजाउनुपर्ने कुरो के नै थियो र !

सन् २०१८ को यही सेप्टेम्बरमा हो, मैले मेरो जीवनका उत्कृष्ट दिनहरू बिताएँ। मैले हाम्रो समकालीन दुनियाँका केही सुन्दर शहरमध्ये एक आर्मस्टर्डम सुन्दरतामा खुलेर आफ्नो वैभव पस्किरहेको देख्ने अनुपम मौका पाएँ।

म एउटा उद्देश्यले त्यहाँ पुगेकी थिएँ, त्यसैले म दिनभरि कार्य व्यस्तताले बेफुर्सदी रहन्थें। यद्यपि, साँझ र रातहरूमा म त्यस शहरलाई अन्वेषण गर्न सक्थें। 

पहिलो पटक युरोपको भूमिमा मेरो उपस्थिति थियो। त्यसैले म अत्यन्तै रोमाञ्चित र एक किसिमले अधैर्य पनि भएकी थिएँ। आर्मस्टर्डम पुगेको दिनलगत्तै मैले नयाँ मित्रहरू बनाएँ। 

अँ, मजस्तो कम सामाजिक र दयालाग्दो मान्छेले त कसरी साथी जोड्न सकें हुँला, तिनीहरू नै कसो-कसो गरी साथी हुन पुगें। मैले स्वीकार्नैपर्छ, हितैषी हृदयले भरिएका ती सुन्दर युरोपेलीहरू मेरो जीवनमा मित्रका रूप आउन पुगे।

जब म आर्मस्टर्डमको भ्रमणका लागि निस्किँदै थिएँ, त्यसबेला त्यस शहरमा पुगेर के के न गरौंला भन्ने अभिलाषा र आकांक्षाले मेरो मनमुटु ओतप्रोत भएको थियो। त्यही सोच र अपेक्षाले गर्दा त्यहाँ अपेक्षित धेरै कुरा देख्न पाउने बाञ्छित मौकाले पनि मेरो खुशी दुई गुणा बढेको थियो। 'अवश्य', तिनीहरूले आपसी सही थाप्दै भने।

'हामी यो साँझ कतै जाँदैछौं र?' मैले बेन र सञ्जयलाई मेरो उत्सुकताको झटारो हानें। हामीले साँझ आठ बजे भेट्ने निर्णय गर्यौं। बेनले आफू भएको स्थानको जानकारी पठायो। उसले सञ्जयलगायत अरू उसका सहकर्मी पनि साथै भएको बतायो।

भने जसरी नै हामी पुग्नुपर्ने निधो भएकै रेस्टुराँमा म पनि आइपुगें। मेरो जीवनमा आइपर्नसक्ने थुप्रै रोचक परिघटनाहरूले मलाई पर्खिरहेका थिए। म रेस्टुराँमा छिरें। त्यसपछि भएका परिघटनाहरू मैले कहिल्यै भोगेकी थिइनँ।

आठ वटा बियरका मगले ठाँटिएको एउटा टेबल अनि आठै जना हामी त्यस टेबलका वरिपरि बसेका। मैले सबैलाई अभिवादनसहित हेलो भनें अनि हामीले आपसमा सौहार्द्रताको मन्द मुस्कान साटासाट गर्यौं। बेन र सञ्जय मसँग परिचित थिए, अन्यलाई मैले पहिलो पटक भेटेकी थिएँ।
https://www.nicasiabank.com/

म उनीहरूका सामु बसें अनि सामान्य कुराकानी शुरु गर्न थाल्यौं। अर्को एक घण्टा मैले तिनै नयाँ मित्रहरूलाई सुनें। तिनका आफ्नै कैरन, केही मेरा भावना। केहीबेर उनीहरूसँग सोही टेबलमा रहें। कसरी दक्षिण एसियाली संस्कृति युरोपेलीभन्दा फरक छ भन्ने तिनीहरूको जीवन्त अनुभव सुनें।

सामाजिक चेत, खानपान, जीवनशैली आदि एसिया र युरोपबीचका धेरै भिन्नताबारे हामीले आ-आफ्ना विचार आदानप्रदान गर्दै रह्यौं। टेबलका गन्थन सकेर हामीले आर्मस्टर्डमको विख्यात रेडलाइट एरियातिर घुम्न निस्कने निधो गर्यौं।

मेरो इच्छा पनि आर्मस्टर्डम घुम्ने भएकाले सबैका कुरा मैले ध्यानपूर्वक सुनिरहें र विशेषत: रेडलाइट एरियालाई नछुटाउने गरी। मैले मेरा अग्रजहरूका सुझावलाई गम्भीर रूपले लिएकी थिएँ किनकि इन्द्रीयजन्य आशक्ति पूरा गर्न या बिकिनीमा सजिएका युवतीहरूलाई हेर्ने मात्र होइन, भिन्न संस्कृति, जीवनशैली र जीवन बाँच्नका लागि आवश्यक तौर-तरिकाहरूको छनोट आदिको साक्षी हुनु पनि हो। रेडलाइट एरिया अथवा दे वालेनले रुढीग्रस्त समाजको जीवनबारे भ्रम चिर्ने काम गरेको छ।

मानवजातिको सुन्दर तत्व भनेको सांस्कृतिक, पारम्परिक, जीवनशैली आदिको विविधता नै हो भन्ने कुरा प्रष्ट हुन्छ। यो दुनियाँमा राम्रो नराम्रो भन्ने कुरा केही छैन, यो त केवल जीवन बाँच्ने कला र छनोट मात्रै हो।

वेश्यावृत्ति नेदरल्यान्डसमा वैधानिक छ र यो मुलुकले यौनकर्मीलाई कसरी गैह्र-अपराधीकरण गरी तिनलाई पनि आम मान्छेजस्तै व्यवहार गर्ने काम गराएको छ। मैले यौन बजार, वेश्यालय र यिनसँग सम्बन्धित संग्रहालय आदि घुम्दा मैले धेरै कुरा सिक्न पाएँ।

यसबेला मध्यरात भए पनि मैले आफूलाई संसारको सबैभन्दा सुरक्षित शहरमा रहेको महशुस गरिरहे पाएँ। सबैभन्दा ठूलो कुरा त यतिविधि सिक्ने जान्ने कुरा नै थिए। जीवन पर्यन्तका लागि अनुभव।

मैले उक्त दुर्इ घण्टामा पलपल रमाएँ अनि यसका लागि मेरो साथ दिने ती हितैषिहरूलाई आत्मैदेखि धन्यवाद दिन चाहन्छु। स्थान र संस्कृतिको अध्ययनमा मलाई साथ दिने सम्पूर्ण साथीहरू अब्बल व्यक्तिहरू हुन्। 'दे वालेन, म पुनः भ्रमण गर्नेछु, बिदाइका बखत म अत्यन्तै आल्हादित अनि द्रविभूत हुन पुगें।

(दुवाडी विटिफिडकी प्रधानसम्पादक हुन्)

प्रतिक्रिया