फिलिपिन्‍सपछि चीनमा 'आँधी आतंक'

Typhoon_in_China.jpg

काठमाडौं- फिलिपिन्सपछि हङकङ हुँदै चीन पुगेको म्याङकुट आँधीले चीनको आतंक मच्चाएको छ। दशकौंपछि चीन पुगेको उक्त आँधीका कारण दुई जनाको ज्यान गएको छ, दुर्इ सयभन्दा बढी घाइते भएका छन् भने २५ लाखभन्दा बढी विस्थापित भएका छन्।

उक्त आँधीका कारण फिलिपिन्समा यहि आँधीका कारण ६४ जनाको ज्यान गएको थियो। आँधीका कारण हङकङमा पनि ठुलो भौतिक क्षति भएको चिनियाँ सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। 
दक्षिणी चीनमा डुबान हुनुका साथै प्रतिघण्टा १ सय ६२ किलोमिटरको गतिमा आएको आँधीका कारण ८०० भन्दा बढी उडान रद्द भएका छन्। त्यस्तै रेल सेवा र मुख्य सडक बन्द पनि बन्द गरिएको छ। सो आँधीको असर गुन्जाओ, चोन्गङग र युनान प्रान्तमा बढी छ। 

चिनिया सरकारले त्यहाँका नागरिकलार्इ घरभित्रै रहन तथा झ्‍याल ढोका नजिक नरहन र हवाई उडान पनि नगर्न आदेश दिएको छ। 

https://www.nicasiabank.com/
चिनियाँ सरकारले आँधीको जानकारी हप्ता अघि नै दिएको कारण गम्भीर क्षति भने नभएको दाबी गरेको छ। यसका बाबजुद पनि आँधीबाट प्रभावित भएकाहरूको लागि रिकभर हुनको लागि समय लाग्ने बताइएको छ।

म्याङकुट आँधी मंगलबारबाट विस्तारै कमजोर हुँदै जाने चिनियाँ मौसम विभाले जनाएको छ। 

यसअघि सन् २०१३ मा अमेरिकाको फ्लोरेन्समा आएको बिध्वंसकारी आँधीले ७ हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो। यद्यपि त्यसयता तयारी गर्ने र मानिसहरू हटाउने प्रक्रियामा सुधार आएको छ।

यसपटक पनि अमेरिकामा विद्यालयहरू बन्द गरिएका थिए र सेनालाई तयारी अवस्थामा राखिएको थियो।

प्रतिक्रिया