गर्मीमा झाडापखाला

Jhadapakhala.jpg

काठमाडौं- अनियमित खानपान, प्रदुषित पानी र बासी खानेकुरा । सधैं टाढा रहनुपर्ने वस्तु हुन् यी । गर्मी बढेपछि त यस्ता वस्तुसँग साक्षात्कार पनि रोगको कारण बन्न सक्छ । 

अस्वस्थ खानपान झाडापखालाको कारण बन्छ । आकर्षक देखाउन रंग मिसाउने चलन छ, बजारका खाद्यवस्तुमा । त्यस्ता खाद्यवस्तुले पनि झाडापखाला निम्त्याउँछन् । 

गर्मीमा झाडापखालाका बिरामी ह्वात्तै बढ्ने गर्छन्, जसका कारण मृत्यु हुनेको संख्या पनि उकालो लाग्छ । 

अस्वस्थ र प्रशोधन नगरिएका खानेकुरा, प्रदुषित हावापानी, धुलो र धुवाँ रोगका खानी नै हुन् । व्यस्तताले भरिपूर्ण जीवनमा आनन्दसाथ बसेर पेट भर्ने समय निकाल्न मुस्किल पर्छ । 

व्यस्त दिनचर्या रहेकाहरूका लागि घरमा पाकेका 'हाइजेनिक' खाना दुर्लभ बन्ने गर्छन् । घरबाहिरका खाना सफा र हाइजेनिक हुँदैनन् । सोही कारण झाडापखाला र ग्यास्ट्रिकको समस्या बढ्ने गर्छ । 

झाडापखालाका कारण

-ब्याक्टेरिया
-भाइरस
-फुड पोइजनिङ
-जिआरडियासिस (झाडापखाला फैलाउने एक तत्व)
-म्यालाएवजर्वसन
-मेडिकेसन (औषधि वा उपचार)
-हाइपरथाइरोडिजम


झाडापखालाका लक्षण

-लगातार पेट दुख्ने
-अनियमित चर्पी धाइरहनुपर्ने 
-वाकवाकी लाग्ने
-आलस्य र सुस्तीपन
-थकान 


डिहाइड्रेसनका लक्षण

-रसिलो आँखा
-प्यास लाग्ने
-कम मात्रामा पिसाब लाग्नु
-काँचो वा प्रशोधन नगरिएको खाना
-दिसामा रगत देखिनु
-ज्वरो आउने
-थकान र सुस्त महशुस हुनु


निवारणका उपाय

-उचित र पौष्टिक आहार
-फलफूल र रसिलो खानेकुरा
-धेरै मात्रामा झोल पदार्थ
-स्वच्छ वातावरण
-समयमा वा नियमित खानपान
-शुद्ध प्रशोधित खाना
-पानी उमालेर मात्र पिउने 
-साबुन पानीले हात धोएर मात्र खाना

 



प्रतिक्रिया