सुर्खेतमा जिप दुर्घटना, एकको मृत्यु, दस घाइते  

/assets/plugins/bower_components/fileman/Uploads/Accident-copy_1.jpg

सुर्खेत- दैलेखमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ। दुर्घटनामा जुम्लाको हिमा गाउँपालिकाका अन्दाजी २५ वर्षीय सुरेन्द्रकुमार शाही ज्यान गएको प्रहरीले जनाएको छ। 

नेपालगन्जबाट जुम्लाका लागि छुटेको भे१ज १०८४ नम्बरको जिप सुर्खेत-दैलेख सडकखण्डको रातानाङ्गलामा अनियन्त्रित भइ दुर्घटना भई दुर्घटना भएको थियो। जिप सडकबाट करिव सय मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा घाइते उनको उपचारको क्रममा सुर्खेतमा ज्यान गएको हो। 
https://www.nicasiabank.com/

दुर्घटनामा चालकसहित दस जना घाइते भएका छन्। घाइतेको स्थानीय नर्सिङ होम र कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया