प्रहरी निरीक्षक नै चोरीमा संलग्न

/assets/plugins/bower_components/fileman/Uploads/pradesh_prahari_karyalay-copy_1.jpg

जनकपुरधाम- धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबर ईलाका प्रहरी कार्यालयका एकजना प्रहरी निरीक्षक नै चोरीको घटनामा मुछिएका छन्।

ईलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत प्रहरी निरीक्षक अवधकिशोर ओझा एक्साभेटरको पार्टपूर्जा चोरीसम्बन्धी घटनामा मुछिएका हुन्।

चौकी ईञ्चार्जसमेत रहेका ओझा चोरीको घटनामा संलग्न देखिएपछि प्रदेश प्रहरी कार्यालयले कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ। 

जंगलको जग्गामा पोखरी खनेर क्षति पुर्याएको भन्दै वन कार्यालयका कर्मचारीले मिथिला नगरपालिकाको पोखरिया भत्रे स्थानबाट एक्साभेटर नियन्त्रणमा लिएर गत फागुनमा प्रहरीलाई बुझाएको थियो। केही दिनपछि एक्साभेटर धनी जनुलाल महतो ईलाका प्रहरी कार्यालय ढल्केबर पुग्दा एक्साभेटरको पार्टपूर्जा निकालिएको पाएका थिए। 

https://www.nicasiabank.com/
महतोले बालुवा वासिङ उद्योगीसँग मिलेर प्रहरीले ६ लाख मूल्य बराबरको पार्टपूर्जा बिक्री गरेको दाबी गर्दै प्रदेश प्रहरी कार्यालयमा उजुरी दिएका थिए। महतोले उजुरी दिएलगत्तै प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक ओझालाई ढल्केबरबाट प्रदेश प्रहरी गणमा तानेर छानबिन अगाडि बढाएको थियो।

प्रहरी उपरीक्षक उमाशंकर पंजियारको संयोकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले घटनाको अनुसन्धान गरेको थियो। छानबिन समितिले आफ्नो प्रतिवेदन प्रदेश प्रहरी प्र्रमुख डीआईजी प्रद्युम्न कार्कीलाई बुझाइसकेको बताइएको छ। यद्यपि डीआईजी कार्कीले छानबिन समितिले शुक्रबारमात्र आफूलाई प्रतिवेदन बुझाउने बताएका छन्।

छानबिन समितिको प्रतिवेदन आउन बाँकी रहेपनि डीआईजी कार्कीले एक्साभेटरको पार्टपूर्जा चोरीसम्बन्धी घटनामा प्रहरी निरीक्षक ओझाको संलग्नता देखिएको संकेत गरेका छन्। ‘प्रहरी चौकीबाटै एक्साभेटरको पार्टपूर्जा चोरी हुनु भनेको गम्भीर घटना हो,’ नेपाल समयसँग कुरा गर्दै उनले भने, ‘कहिँ न कहिँ घटनामा संलग्नता देखिपछिमात्र ओझालाई ईलाका प्रहरी कार्यालयबाट प्रदेश प्रहरी गणमा तानिएको छ।’

प्रतिवेदनमा उनी दोषी देखिए हदैसम्मको कारबाही हुने डीआईजी कार्कीले बताए। घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भएको भन्दै उनले दोषी देखिएका कारबाही गर्न कुनै कन्जुस्याइ नहुने स्पष्ट पारेका छन्।

प्रतिक्रिया