दुर्घटनामा दुई जनाको मृत्यु

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/Accident.jpg

सुर्खेत - कर्णाली प्रदेशको सल्यान र कालिकोटमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

सल्यानमा रोकिराखेको टिपर पल्टिँदा एक महिलाको मृत्यु भएको छ। बालुवा ओसारपसार गर्ने बा ३ क २३६५ नम्बरको टिपर पल्टिँदा सारदा नगरपालिका–८ मार्केका ४५ वर्षीया रामकली विकको घटनास्थलमै मृत्यु भएको हो। रोकेर बालुवा झार्दै गरेको टिप्परमा पानीको बोतल झिक्दा विकले ब्रेक चलाएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ। सोही घटनामा अन्य तीन जना घाइते भएका छन्। मोहिसन मुसिया, हरिशंकर भन्तु, र शेषनाथ कुमाल घाइते भएका छन्। घाइतेहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ।
https://www.nicasiabank.com/
 
त्यस्तै कालिकोटमा पनि आज नै डोजर पल्टिएको छ। खाडाँचक्र नगरपालिका-५ बिहानी खोलामा डोजर पल्टिँदा सहचालक भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। कर्णाली राजमार्ग खुलाउन जाँदा डोजर पल्टिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए।

प्रतिक्रिया