रसुवागढी जलविद्युत् आयोजनामा भिषण आगलागी 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Setpember/Aaglagi_1.jpg

रसुवा- रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनामा भिषण आगलागी भएको छ । 

आयोजनाको सिभिलतर्फको स्टोरमा सोमबार राति आगलागी भएको हो । सोमबार राति करिब ११ बजे आयोजना आगालागी भएको प्रहरीले जनाएको छ । आगो चिनियाँ टोलीले करिब आधा घण्टापछि नियन्त्रणमा लिएको थियो । 

https://www.nicasiabank.com/
आगलागीबाट करिब १ करोड बराबरको क्षति भएको आयोजनाले जनाएको छ । प्लाइउड, पिभिसी पाइप, बेडिङलगायतका सामग्री आगलागीबाट जलेका छन् । 

आगआगलागी हुनुको कारण खुलेको छैन । आयोजनाका अनुसार आगलागी हुनुको कारण अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया