पोखरामा कोरला नाकाबारे बृहत छलफल

/assets/plugins/bower_components/fileman/Uploads/Korala.jpg

काठमाडौं- गण्डकी प्रदेशको राजधानी पोखरामा कोरला नाकाबारे बृहत छलफल भएको छ। संघीय संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काको अगुवाईमा प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङसहितको उपस्थितीमा बृहत अन्तक्र्रिया गरिएको हो।

विकास समिति सभापति खड्काको नेतृत्वमा संघीय संसदको विकास तथा प्रविधि समितिले काठमाडौंदेखि मुग्लिन हुँदै पोखरा–बेनी–जोमसोम–कोरला सडकको स्थलगत अनुगमन गरेको थियो।

अनुगमनमा देखिएका समस्याहरुको निराकरणका उपायबारे अन्तक्र्रिया कार्यक्रम गरिएको हो। कार्यक्रममा सभापति खड्काले देशको अर्थतन्त्र र विकासको मेरुदण्डका रुपमा रहेको बेनी–जोमसोम–कोरला सडकको निर्माण द्रुतगतिमा गरिनुपर्नेमा जोड दिईन्।

उनले नेपाल चीन ब्यापार र देशको पर्यटन प्रबद्र्धनमा समेत सो सडक महत्वपूर्ण रहेकाले चाँडो निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिईन्।
https://www.nicasiabank.com/

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले कोरला नाका पुग्ने सडक नै प्रदेशको मेरुदण्ड भएको बताए। उनले कोरला नाका पुग्ने सडक पूर्वाधार जति चाँडो निर्माण भयो त्यति नै चाँडो गण्डकी प्रदेशको समृद्धि सम्भव हुने पनि बताए।

उनले सडक पूर्वाधारसँगै नाकामा भन्सार, सुरक्षा चेकजाँच लगायतका संरचना निर्माणमा समेत तदारुकता देखाउनुपर्ने बताए।

उनले सडक र अन्य पूर्वाधार विकासमा गण्डकी प्रदेश सरकारले सबै सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। नेपाल भ्रमण वर्ष अगावै सो सडक निर्माण सम्पन्न गराउने उद्देश्यसहित विकास तथा प्रविधि समितिले सडक अनुगमन गरेको थियो।

प्रतिक्रिया