१२ महिनामा काम सक्नेगरि मेलम्चीको ठेक्का सिनो हाइड्रोलाई 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Setpember/melamchi_aayojana.jpg

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको काम १२ महिना भित्र सक्ने गरि चिनियाँ कम्पनी सिनो हाइड्रोलाई ठेक्का दिइएको छ ।

आइतबार मेलम्ची विकास समिति र सिनो हाइड्रोबीच ठेक्का सम्झौता भएको हो ।

सिनो हाइड्रोले सुरुङ फिनिसिङको ठेक्का ८५ करोड एक लाख ९४ हजार चार ५८ रुपैयाँमा लिएको आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए ।

सम्झौताअनुसार सुरुङ निर्माणको काम भए अस्थायी हेडवक्र्स (बाँध) मार्फत मेलम्चीको पानी एक वर्षभित्र उपत्यकामा आउनेछ। आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले आयोजना र सिनो हाइड्रोबीच सुरुङ निर्माण एक वर्षभित्रै सम्पन्न गर्ने सम्झौता भएको जानकारी दिए। 

असोज २६ गतेदेखि धमाधम निर्माणको काम सुरु हुने आयोजना प्रमुख खत्रीले जानकारी दिए । 
https://www.nicasiabank.com/

खत्रीले मेलम्ची आयोजनाको काम छिटो सके ठेकेदार कम्पनीलाई प्रोत्साहन पुरस्कारको व्यवस्था गरेको बताए। ‘तोकिएको समयभन्दा छिटो सकेमा ठेकेदार कम्पनीले दैनिक ०.१५ प्रतिशतका दरले १२ लाख ७५ हजार प्रोत्साहन पुरस्कार पाउने सम्झौतामा उल्लेख छ । 

तोकेको समयमा निर्माण सम्पन्न नगरेको खण्डमा पनि सोही अनुसारको जरिवाना तिर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

यससँगै १० महिनादेखि रोकिएको आयोजनाको काम सुरु हुने भएको छ । २९ मंसिरमा इटालियन कम्पनी सिएमसीले आयोजनाको काम छोडेपछि २४ माघमा सिएमसीसँगको ठेक्का तोड्ने निर्णय गरिएको थियो ।

सिनो हाइड्रोले आगामी २६ गतेबाट काम थाल्ने भएको छ । त्यसका लागि उसले ठेक्का सम्झौता हुनुभन्दा अघि नै फिल्ड भिजिटसमेत गरिसकेको छ । 

प्रतिक्रिया