दाङमा बस र ट्रक आपसमा ठोक्किंदा सात घाइते 

/assets/plugins/bower_components/fileman/Uploads/accident.jpg

काठमाडौं–   पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको राप्ति गाँउपालिका–४ मौरीघाटमा बस र ट्रक ठोक्किंदा  सात जना घाइते भएका छन् ।

दाङबाट कृष्णनगर तर्फ जाँदै गरेको लु २ प ३२७७ नम्बरको बसलाइ विपरित दिशाबाट आउदै गरेको न २ ख ५४५६ नम्बरको ट्रकले ठक्कर दिंदा दुर्घटना भएको हो ।

ट्रकको ठक्करबाट बसमा यात्रा गरिरहेका घोराही–१० का शिव महरा, तुलसीपुर उपमहानगरपालिका– १८का वसन्त खड्का, प्यूठान ऐरावती–३ का काशिराम पोखरेल, माण्डवी –३ का महेश्वर भट्टराई, रोल्पा त्रिवेणी–१ का सुरेन्द्र बुढा र कपिलवस्तु शिवपुर–७ का अब्दुल मुसलमान घाइते भएका छन् ।
https://www.nicasiabank.com/

घाइतेमध्ये काशिराम पोखरेल र सुरेन्द्र बुढाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिइ कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया