कर्णालीमा दुर्घटना बढ्दो : छैन टाइमकार्ड

/assets/plugins/bower_components/fileman/Uploads/Bass_Mehalkuna.jpg

छतभरी यात्रु राखेर जाजरकोटतर्फ जाँदै गरेको बस सुर्खेतको मेहलकुनामा थप यात्रु चढाउँदै।

सुर्खेत-
घटना : १

शुक्रबार (असोज १० गते) दैलेख र सल्यानमा जीप दुर्घटना भए। दैलेखको चुप्रादेखि लाकुरीतर्फ जाँदै गर्दा भे १ ज ३९९१ नम्बरको बोलेरो र किमुचौरबाट कपुरकोटतर्फ जाँदै गरेको लु १ च ४१५३ नम्बरको जीप दुर्घटना दैलेखमा २ जना र सल्यानमा १ जनाको मृत्यु भयो। दुबै घटनामा गरी दश जना घाइते भए।

घटना : २

भदौ ११ गते रुकुमपश्चिमबाट नेपालगञ्ज जाँदै गरेको बस सुर्खेतको हर्रे नजिकै दुर्घटनामा पर्यो। ना ४ ख ९३१७ नम्बरको रात्री बस सडकबाट खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भयो। करिव तीन दर्जन घाइते भए। 

घटना : ३

भदौ ३१ गते जुम्लामा बस दुर्घटना हुँदा एक जनाको मुत्यु भयो। 

सिँजाबाट खलंगातर्फ जाँदै गरेको ना ३ ख ७६६४ नम्बरको बस कालिकोटको सीमा नाग्म पुलमा दुर्घटना हुँदा अन्य तीन जना घम्भीर घाइते भए। 

त्यस्तै भदौ २० गते डोल्पा र २७ गते रुकुमपश्चिममा यात्रुवहाक जीप खोलामा खसे। यी दुबै घटनामा जिप चालक र केही यात्रु घाइते भए। यी कर्णालीमा भएका दुर्घटनाका केही उदाहरण मात्र हुन्। सडक सुरक्षाका लागि अपनाइएका कार्यक्रम र नियमहरु हराउँदा कर्णालीमा पुनः सवारी दुर्घटना बढ्न थालेका छन्।

केही वर्ष पहिला कर्णाली राजमार्ग र जाजरकोटमा ठूला सवारी दुर्घटना भए। त्यसपछि कर्णालीका सडकमा कडाइ गरियो। त्यसले केही हदसम्म दुर्घटनामा पनि कमि आयो। तर अहिले ति नियम र चेकजाँच हराएपछि दुर्घटनाको जोखिम बढेको हो। 

चाडपर्व नजिकिँदै गर्दा सडकमा सवारी साधनको चाप बढ्छ। दशैं र तिहार जस्ता चाडमा यात्रुको संख्या पनि बढ्छ। यात्रु र सवारी साधनको चापका कारण चाडवाडको बेलामा दुर्घटनाको जोखिम पनि बढी हुन्छ। तर दुर्घटना न्युनिकरणका लागि प्रशासन र प्रहरीबाट यसपाली भने विशेष योजना सार्वजनिक हुन सकेको छैन। 

https://www.nicasiabank.com/
वर्षातका कारण भत्किएका सडकहरु मर्मत तथा सुधार पनि गरिएका छैनन्। जसकाकारण सडकमा दुर्घटनाको जोखिम उस्तै छ। केही समय अगाडी कर्णाली राजमार्गमा हुने दुर्घटना न्यूनिकरण गर्न र तत्काल उद्धारका लागि भन्दै प्रदेश सरकारले ल्याएको जीपीएस जडानको योजना पनि अलपत्र छ। 

टाइमकार्डको नियम हरायो

कर्णालीमा सवारी दुर्घटनाको जोखिम घटाउन लागू गरिएको टाइमकार्डको नियम हाल अलपत्र परेको छ। दुईबर्ष पहिला कर्णाली राजमार्ग र प्रदेशका अन्य सडकमा चल्ने यात्रुवहाक सवारीमा लागू गरिएको टाइमकार्डको नियम अहिले हराएको हो। सवारीको गति नियन्त्रण गर्न र यात्रुको चाप निगरानी गर्न सवारीमा टाइमकार्ड लागू गरिएको थियो।

सवारीमा क्षमताभन्दा बढी सवारी नराख्न, गाडीको गति नियन्त्रण गर्न, गाडी र यात्रुको अवस्था बुझ्न सजिलोका लागि सबै सवारी चालकलाई टाइमकार्ड दिने व्यवस्था गरिएको थियो।

सो टाइमकार्डमा सवारी गुडेको समय र गन्तव्यमा पुग्नुपर्ने समय उल्लेख गरिएको हुन्थ्यो। यही कार्डको आधारमा ट्राफिक प्रहरीले सवारी साधनमाथि निगरानी गर्दै आएको थियो। टाइमकार्डको नियम हराएपछि अहिले क्षमताभन्दा बढी यात्रु बोक्ने र तीब्र गतिमा सवारी चलाउनेक्रम बढेको हो। यसले दुर्घटनाको जोखिम बढाएको छ।

आवश्यक निगरानी नहुँदा मनपरी भाडा असुल्ने र सवारी चालकले मापसे गरेर गाडी चलाउने जस्ता समस्या पुनः बल्झिएको यात्रुको गुनासो छ।

स्थानीय प्रेम गौतमले भने, ‘ठाँउ ठाँउमा कच्ची र कालोपत्रे उप्किएको राजमार्गमा टाइमकार्ड नियम उपयुक्त थियो, यो हटाईएपछि दुर्घटनाको जोखीम पनि बढेको छ।’ टाइमकार्ड नियम हराएपछि सवारी चालकलेसमेत गाडी छुटेको र पुग्ने समयबारे ट्राफिक चेक पोष्टलाई ढाँट्ने गरेका छन्। भने ट्राफिक चेक पोष्टलेसमेत चालकको विश्वासको आधारमा गाडी छोड्ने गरेको छ।

‘अहिले कर्णाली राजमार्गका ठाँउ ठाँउमा ट्राफिक चेकपोष्ट छन्’ जिल्ला ट्राफिक कार्यालय प्रमुख उदयसिंह सिजापतीले भने, ‘प्रहरीले चेकपोष्टमा राम्रोसँग चेकजाँच गर्ने गरेको छ, त्यसैले टाइमकार्ड नियम छुटेको हो।’

कर्णाली राजमार्गमा बढी जोखिम

कर्णाली राजमार्गमा यात्रुलाई बढी हैरानी हुने गरेको छ। राजमार्गको मर्मत तथा सुधार नहुँदा यात्रुले दिनहुँ सास्ती भोग्दै आएका छन्।

यो राजमार्ग अन्तरगत दैलेखको दहीखोला र कालिकोटको गगनेखोला यात्राका लागि खतरनाक क्षेत्र हुन्। यी दुबै क्षेत्रले पानी पर्ने वितिक्कै आउने पहिरोले यात्रुहरुलाई सास्ती दिँदै आएको छ।

प्रतिक्रिया