विश्‍वमा आज : कहाँ के-के भयो ?

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Setpember/world_copy_1.png

१. सिंगापुरमा प्रधानमन्त्री ली ह्सीएन लूङ्गले चीन र अमेरिकाबीचको ब्यापार- वाणिज्यको झगडाले क्षेत्रीय अर्थतन्त्रको प्रणालीमा असर गर्नेतर्फ औँल्याउदै एकपक्षले हार्ने र अर्कोले जित्ने गरी कुनै पनि मुलुकले सम्झौता गर्नु नहुने बताएका छन्।

२. राष्ट्रसंघको हाल जारी अधिकारसँग सम्बन्धित एक सत्रले २५ वर्षअघि बेईजिङ्गमा जारी अधिकारबारेको एक घोषणा पत्रलाई अनुमोदन गरेको छ।

३. हङकङमा जनवादी गणतन्त्र चीनको ७० औँ वर्षगाँठ मनाउने तयारी भईरहँदा आन्दोलनकारीहरुले सबैखाले अधिनायकवाद र एकतन्त्रीय राजनीतिक प्रणालीका विरुद्ध निर्णायक आन्दोलन छेड्ने तयारी गरेका छन्।

४. चीन आणविक अस्त्र सम्पन्न मुलुक उत्तर कोरिया भन्दा निकै घातक भएको जापानी रक्षा मन्त्रालयले जनाएको छ।

५. यदि मुलुकलाई एकढिक्का र अखण्ड बनाईराख्ने हो भने चीन सरकारका लागि एउटा बलियो र एकतृत कम्युनिष्ट पार्टीको नेतृत्व आवश्यक रहेको बताएको छ। यदि त्यसो हुन नसकेमा मुलुक खण्डित हुँदै जाने पनि प्रष्ट्याएको छ।

https://www.nicasiabank.com/
६. राष्ट्रसंघको जारी बैठकमा सम्बोधन गर्नेक्रममा ईरानी राष्ट्रपति हसन रौहानीले व्यापक आर्थिक नाकाबन्दी लगाएर शान्ति वार्ताको कुरा गर्दा कुनै सकारात्मक परिणाम नआउने बताएका छन्।

७. इजरायलको आम निर्वाचनको परिणाम सार्वजनिक हुँदा कुनै पनि पार्टीले स्पष्ट बहुमत ल्याउन नसक्दा राजनीतिक संकट गहिरिँदै गएको छ। राष्ट्रपति रेउवेन रिव्लिनले वर्तमान प्रधानमन्त्रीलाई नयाँ सरकार गठन गर्ने अनुमति प्राप्त भए पनि मुख्य दलहरु लिकुड पार्टी र काहोल लावान पार्टी बाहेक अन्यसँग कुनै छालफल हुन सकिरहेको छैन।

८. दक्षिण एसियाका लागि उच्च अमेरिकी कुटनीतिज्ञ एलिश वेल्सले कश्मीर भारतद्वारा थोपरिएको सामाजिक-राजनीतिक प्रतिबन्धहरु क्रमशः खुकुलो पार्दै लैजाने कुरामा आफू आशावादी रहेको बताएकी छन्।

९. उत्तरी सीरियामा अल कायदासँग जोडिएको विभिन्न अतिवादी समूहरुले मुख्यमुख्य राजमार्गहरु अबरुद्ध पार्न जारी राखिरहँदा रुस, टर्की र सीरियाको सैन्य गठबन्धनले थप सैन्य मजबुती बनाउँदै लगेका छन्।

१०. राष्ट्रसंघद्वारा समर्थित लिबियाको सरकारले त्यहाँको पूर्वी क्षेत्रमा रहेको विद्रोही अखडामा हवाई हमला जारी राखेका छन्। हालसम्म १४ वटा हवाई सैन्य हमला गरिएको बताइएको छ।

प्रतिक्रिया