गौहत्या प्रकरण : १४ जना धरौटीमा छुटे, दुई जना फरार

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Setpember/Surkhet_court.jpg

सुर्खेत- सुर्खेतमा भएको गौहत्या प्रकरणमा जोडिएका १४ जना आरोपीहरु धरौटीमा छुटेका छन्। थुनछेक बहसपछि जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यकोे एकल इजलासले आरोपीलाई धरौटीमा छाड्न आदेश गरेको हो।

सुर्खेत जिल्ला अदालतका श्रेस्तेदार भूपाल भण्डारीका अनुसार आरोपी १४ जना शुक्रबार नै धरौटी बुझाएर रिहा भएका छन्।

आदालतले नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख निरीक्षक सूर्यबहादुर बोगटीसँग ४ लाख ५० हजार र चितवनका गुड्स क्यारियर्सका सञ्चालक सन्त्रिप्त सिंह श्रेष्ठसँग ३ लाख ५० हजार धरौटी मागेको छ। 

त्यस्तै नगर प्रहरी नेपालगञ्जका प्रहरी सहायक निरीक्षक विकास गौतमलाई २ लाख ५० हजार तथा नगर प्रहरी जवानहरु चन्द्रबहादुर राना, सुशान्त शाही, कमल वयक र सुवर्ण तारमीमगरलाई जनही २ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो।

उपमहानगरपालिका फायरमेन कमल थापा मगरलाई १ लाख ५० हजार र नेपालगञ्ज काञ्जिहाउसका सहयोगी धर्मेन्द्र नेपालीलाई एकलाख ५० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। 

आदालतले गाई ओसार्ने ट्रक चालकहरु शत्रुधन चौधरी, हिमबहादुर जिसी, दानबहादुर केसी, विवेक कुँवर र सागर विकलाई जनही १÷१ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
https://www.nicasiabank.com/

ट्रकका सहचालक अमृत चौधरी र कृष्णबहादुर विसीलाई साधारण तारेखमा छोडेको छ।

अदालतका श्रेस्तेदार भण्डारीका अनुसार काञ्जिहाउसका कर्मचारीहरु पवन कानोडिया र राकेश भारती फरार रहेको छन्। उनीहरु विरुद्ध पक्राउ पुर्जि जारी गरिएको छ। 

गौहत्या प्रकरणमा सरकारको तर्फबाट जिल्ला न्याधिवक्ता डम्बर काफ्ले र सह न्याधिवक्ता आरती चपाईले वहस गरिरहेका छन् भने आरोपीको तर्फबाट बरिष्ट अधिवक्ता गोविन्द बन्दी र प्रेमध्वज शाही लगायत ११ जना वकिलहरुले बहस गरेका थिए।

गत भदौ १२ गते नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउने भन्दै तीन सय गाइगोरु ट्रकमा लोड गरेर सुर्खेतका विभिन्न स्थानमा छाडेको थियो। सोही क्रममा ४० भन्दा बढी गाईगोरु मरेका थिए।

गौहत्याको छानविन गर्न गृह मन्त्रालयले भदौ १४ गते समिति गठन गरेको थियो। समितिले २५ दिनपछि अर्थात् असोज ८ गते (बुधबार) गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको छ।

प्रतिक्रिया