सिटिजन्स बैंकको अध्यक्षमा भण्डारी

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Setpember/citizen.jpg

काठमाडौं - सिटिजन्स बैंकको अध्यक्षमा राजनसिंह भण्डारी चयन भएका छन्। शुक्रबार भएको साधारणसभाले उनलाई सञ्चालकमा चयन गरेको हो। यसैगरी बैंक संचालकहरुमा संस्थापक सेयरधनीको तर्फबाट युवा उद्यमी प्रबलजंग पाण्डे र साजन शर्मा चयन भएका छन्।
 
https://www.nicasiabank.com/
यसैगरी साधारण तर्फबाट सीता कार्की चयन भएकी छिन्। बैंकको तेह्रौ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७५ र ७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने रकम १ करोड ४५ लाख २७ हजार नगद लाभांश र ३ प्रतिशतले हुने रकम २५ करोड ११ लाख बरावरको बोनस सेयर दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ।

प्रतिक्रिया