'फोन पे' मा मर्चेन्टको संख्या  ५० हजार नाघ्यो, अफर पनि सार्वजनिक

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Setpember/phone_pay.jpg

काठमाडौं - नेपालको पहिलो र सबैभन्दा अग्रणी 'फोन पे' पचास हजार मर्चेन्ट बनाउन सफल भएको छ। फोन पे मा विभिन्न १४ प्रकारका मर्चेन्टहरूमा मासिक पचास हजार भन्दा धेरै कारोबार हुने गरेको छ। 

फोन पे नटेवर्क , बैंक , ग्राहक र  मर्चेन्ट विस्तारको हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ। फोन पे मा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन्।
 
जहाँबाट नेपालभरका ७० लाख भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता सेवा पाइरहेका छन्। फोन पे ले धेरै भन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्तालाई यसको सदस्य र व्यवसायिक नेटवर्क मार्फत सक्रिय बनाएर आफ्नो क्षमतालाई सशक्त गर्दैछ। 
https://www.nicasiabank.com/

५० हजार मर्चेन्ट पुगेको अवसरमा तथा दशैं तिहारलाई लक्षित गरी फोन पे ले ‘दशैं तिहार, क्युआरबाट व्यापार’ अफर सार्वजनिक गरेको छ। यस अफर अन्तरगत हरेक दिन १० जना मर्चेन्टले रू १०००, २ जना मर्चेन्टले रू ५ हजार, १ जना मर्चेन्टलले रू १०,००० प्राप्त गर्न सक्नेछन्।

यो योजना असोज १ गतेदेखि असोज ३० गतेसम्म सञ्चालन हुनेछ। साथै एजना भाग्यशाली मर्चेन्टले दशैं, तिहार र छठ पर्वपछि एकलाख रूपैयाँ प्राप्त गर्नेछ। विजेता घोषणा कार्तिक १७ गते गरिनेछ। यस योजनामा फोन पे मर्चेन्टका सदस्य बैंक तथा वालेटमार्फत क्यूआर भुक्तानी स्विकार गर्ने मर्चेन्टलाई मात्र सहभागी गराइनेछ।

प्रतिक्रिया