भृकुटीमण्डपमा सुरु भयो फेस्टिवल मार्केट

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Setpember/kapada_pasal.jpg

काठमाडौं – दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौंको भृकुटीमण्डपमा फेस्टिवल मार्केट सुरु भएको छ। 

'अफरै अफरको व्यापारीक भेला, सपिङ गर्ने यही हो बेला' भन्ने नाराका साथ सुरु भएको फेस्टिवल मार्केटको एक कार्यक्रमका बीच पूर्व प्रधानन्यायाधीश शुशीला कार्कीले उद्घाटन गरिन्। 

मेलामा चाडपर्वका बेला आवश्यक पर्ने सबै प्रकारका सामाग्री सहज र सुपथ मूल्यमा उपलब्ध हुने आयोजकले बताएको छ। फेस्टिवल मार्केटमा घरायसी प्रयोाजनका सम्पूर्ण सामाग्री, खाद्यान्न, छालाका उत्पादनहरु, खानाका परिकार तथा उतपादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्सलगायत सामाग्रीका एक सय भन्दा बढी स्टल रहेका छन्।
https://www.nicasiabank.com/

मार्केट अवलोकन गर्न आउने तथा सामान खरिद गर्नेलाई दैनिक रुपमा आकर्षक उपहार प्रदान गरिनुका साथै बम्पर उपहारमा एक जनालाई मोटरसाइकलसमेत प्रदान गरिने आयोजकले जनाएको छ।

मार्केट असोज १३ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया